बजेटको मुखमा अर्थ सचिवको जिम्मेवारी हेरफेर

बजेटको मुखमा अर्थ सचिवको जिम्मेवारी हेरफेर


बैंकिङ्ग समाचार,काठमाडौं ।
सरकारले अर्थ मन्त्रालयमा अर्थ सचिवको जिम्मेवारी हेरफेर गरेको छ । आर्थिक वर्ष २०८०/८१ का लागि बजेट सार्वजनिक गर्न २५ दिन मात्रै बाँकी रहँदा अर्थ सचिवको जिम्मेवारी हेरफेर गरिएको हो । जिम्मेवारी हेरफेरपछि अर्थ मन्त्रालयको अर्थ सचिवमा अर्जुन पोखरल आएका छन् । पोखरेल यसअघि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा थिए । अर्थ सचिवको जिम्मेवारीमा पोखरेलको आगमनसँगै यसअघि मन्त्रालयका सचिव रहेका तोयम राया उपराष्ट्रपति कार्यालयमा सरुवा भएका छन् ।

रायालाई यसअघि तत्कालीन अर्थमन्त्री विष्णु पौडेलले अर्थ सचिवको जिम्मेवारी दिएका थिए । अर्थ सचिवमा नेपाली कांग्रेसका डा।प्रकाशशरण महत आएसँगै उनको जिम्मेवारी हेरफेर गरिएको हो । हाल अर्थ सचिवको जिम्मेवारीमा आएका पोखरेल लेखा समूहका अधिकृत हुन् ।