धितोपत्र बोर्डले दियो थप १३ ब्रोकरलाई आशयपत्र, कुल संख्या ३७ पुग्यो

धितोपत्र बोर्डले दियो थप १३ ब्रोकरलाई आशयपत्र, कुल संख्या ३७ पुग्यो


बैकिङ्ग समाचार,काठमाडौं ।
ब्रोकरको संख्या घटाएर गुणस्तर विस्तार गर्ने उद्देश्य विपरीत नेपाल धितोपत्र बोर्डले (सेबोन) भने धमाधम लाइसेन्स वितरण प्रक्रिया थालेको छ । नयाँ लाइसेन्स वितरणका लागि यसअघि १६ वटा कम्पनीलाई आशयपत्र दिएको बोर्डले बुधबार थप १३ वटा कम्पनीलाई उक्त पत्र दिइएको हो ।

बुधबार बसेको बोर्ड सञ्चालक समितिको बैठकले थप १३ कम्पनीलाई आशयपत्र दिने निर्णय गरेको नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालले बताए । परेको आवेदहरुमध्ये मापदण्ड पुगेको सबैले अनुमति पाउँछन्,’ उनले भने, ‘बाँकी आवेदनउपर विज्ञ टालीले अध्ययन गरिरहेको छ । उनीहरुमध्ये कागजात पुगेका सबै कम्पनीले छिट्टै आशयपत्र पाउँछन् ।’ बजारलाई प्रतिस्पर्धी र पारदर्शी बनाउनका लागि ब्रोकर लाइसेन्स थप्न लागिएको हो ।

बुधबार आशयपत्र पाउने ब्रोकर कम्पनीहरुमध्ये २ वटा बैंक तथा वित्तीय संस्थाका सहायक कम्पनी र बाँकी ११ वटा निजी कम्पनी रहेका छन् । आशयपत्र प्राप्त गरेका कम्पनीहरुले बढीमा ६ महिनाभित्र सम्पूर्ण मापदण्ड पूरा गरेर सञ्चालनमा आइसक्नुपर्ने प्रवक्ता श्रेष्ठले बताए ।

पहिलो चरणमा आशयपत्र पाउने कम्पनीहरुमध्ये ७ वटा बैंक तथा वित्तीय संस्थाका सहायक कम्पनी र बाँकी व्यक्तिगत कम्पनी छन् । ब्रोकर लाइसेन्स वितरणका लागि बोर्डले गत असोज २ मा एउटा स्टक एक्सचेन्ज, दुई वटा कमोडिटी एक्सचेन्ज र धेरै संख्यामा ब्रोकर लाइसेन्स वितरणका लागि सूचना निकालेको थियो । ३० दिन म्याद दिएकाले ब्रोकरका लागि आवेदन दिने समय असोज ३१ मा सकिएको छ । ब्रोकरका लागि ४५ वटा आवेदन परेका थिए । त्यही समयमा लाइसेन्स वितरण सम्बन्धी प्रक्रिया रोक्न भन्दै सर्वोच्च अदालतमा रिट परेपछि प्रक्रिया रोकिएको थियो । केही साताअघि सर्वोच्च अदालतले उक्त रिट खारेज गरेपछि बोर्डलाई लाइसेन्स वितरणको बाटो खुलेको हो ।

यी हुन् दोस्रो चरणमा आशयपत्र पाएका कम्पनी  : 

 

\"\"