ब्याज अनुदानमा सरकारले खर्चियो २२ अर्ब ३९ करोड

ब्याज अनुदानमा सरकारले खर्चियो २२ अर्ब ३९ करोड


बैंकिङ्ग समाचार,काठमाडौं ।

अनुदानको सहुलियत कर्जा कार्यक्रमअन्तर्गत गत फागुनसम्म सरकारले कुल २२ अर्ब ३९ करोड रुपैयाँ खर्चेको छ । यो ऋणीलाई सरकारले ब्याज अनुदानबापत भुक्तानी गरेको रकम हो । ब्याज अनुदानको सहुलियत कर्जा कार्यक्रम अन्तर्गत हाल १० प्रकारका योजना सञ्चालनमा छन् ।
ती कार्यक्रममा महिला उद्यमीका लागि ६ प्रतिशत र बाँकी ९ प्रकारका कर्जा शिर्षकमा ५र५ प्रतिशतका दरले ब्याज अनुदान पाइन्छ । यसरी ऋणीलाई ब्याज अनुदान दिएबापत यो कार्यक्रम सुरु भएदेखि गत फागुनसम्म करिब २२ अर्ब ३९ करोड रुपैयाँ खर्च भइसकेको राष्ट्र बैंकको तथ्यांक छ ।

यो कार्यक्रम अन्तर्गत गत फागुनसम्म १ लाख ४८ हजार ५ सय ५४ ऋणीले सहुलियतपूर्ण कर्जा लिएका छन् । उक्त कर्जा अन्तर्गत २ खर्ब ८ अर्ब रुपैयाँ कर्जा बक्यौता छ । जसमध्ये कृषि तथा पशुपंक्षी व्यवसाय कर्जा अन्तर्गत ६१ हजार ४ सय ९४ ऋणीलाई प्रवाह भएको १ खर्ब ४१ अर्ब ६४ करोड लगानीमा छ । यस्तै, महिला उद्यमशील कर्जाअन्तर्गत ८४ हजार ५९ महिला उद्यमीलाई ६४ अर्ब १० करोड रुपैयाँ कर्जा बक्यौता छ ।