नेपाल उद्योग वाणिज्य महासंघको व्यापार समिति सभापतिमा सुवोधकुमार गुप्ता मनोनित

नेपाल उद्योग वाणिज्य महासंघको व्यापार समिति सभापतिमा सुवोधकुमार गुप्ता मनोनित


बैंकिङ्ग समाचार, काठमाडौं ।

नेपाल उद्योग वाणिज्य महासंघको व्यापार समितिको सभापतिमा सुबोधकुमार गुप्ता मनोनित भएका छन् । महासंघका अध्यक्ष चन्द्रप्रसाद ढाकालले गुप्तालाई सो पदमा मनोनित गरेका हुन् । महासंघको पहिलो कार्यकारिणी समितिको बैठकले गुप्तालाई व्यापार समितिको सभापतिमा मनोनित गर्ने निर्णय गरेको थियो । 

गुप्ताले व्यापार क्षेत्रका सम्भाव्यताको प्रवर्द्धन र समस्याको निकासमा रचनात्मक भूमिका निर्वाह गर्ने अपेक्षा महासंघले राखेको छ । हालै सम्पन्न महासंघको सधारणसभाबाट गुप्ता बस्तुगततर्फ केन्द्रीय कार्यकारिणी सदस्यमा निर्वाचित भएका थिए । गुप्ता अघिल्लो कार्यकालमा पनि कार्यकारिणी सदस्य थिए । 

महासंघको सो कार्यकालमा उनी बैंक तथा इन्सुरेन्स समितिको उपसभापति थिए ।