बैंकिङ्ग समाचार,काठमाडौं ।नागरिक लगानी कोषले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कोषले चैत मसान्तसम्म ७७ करोड ७९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । कम्पनीको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २६.१५ प्रतिशतले बढी हो । जबकी गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ६१ करोड ६६ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
सार्वजनिक वित्तीय विवरण अनुसार समिक्षा अवधिमा कोषको ब्याज आम्दानी बढेसँगै कम्पनीको खुद नाफा बढेकोे हो । चैत मसान्तसम्म कम्पनीले ३० करोड ५० लाख रुपैयाँ ब्याज आम्दानी गरेको छ । उक्त ब्याज आम्दानी गत आवको सोही अवधिको तुलनामा १९६.७७ प्रतिशत बढि हो ।
चालु आवको तेस्रो त्रैमाससम्म कम्पनीको कुल आम्दानी पनि बढेर १ अर्ब २५ करोड ६९ लाख रुपैयाँ पुगेको छ । गत आवको सोही अवधिमा कम्पनीको कुल आम्दानी १ अर्ब ३ करोड ७ लाख रुपैयाँ थियो ।
प्रतिक्रिया