उद्योग वाणिज्य महासंघको दुई समितिमा सभापति चयन

उद्योग वाणिज्य महासंघको दुई समितिमा सभापति चयन


 

बैंकिङ्ग समाचार,काठमाडौं ।
 
नेपाल उद्योग वाणिज्य महासंघको २ समितिमा सभापति चयन गरेको छ । कर तथा राजस्व र कृषि उद्यम केन्द्रका लागि सभापति चयन गरेको हो । कृषि उद्यम केन्द्रको सभापतिको डिबी बस्नेत बनेका छन् । भने, कर तथा राजस्व समितिको सभापतिमा अम्बिकाप्रसाद पौडेल चयन भएका छन् । सदस्यहरू भने क्रमिक रूपमा चुनिने छन् ।