व्याजदरलाई एकल अंकमा कायम गरिदिन अर्थमन्त्रीलाई लगानीकर्ता संघको आग्रह

 व्याजदरलाई एकल अंकमा कायम गरिदिन अर्थमन्त्रीलाई लगानीकर्ता संघको आग्रह


बैंकिङ्ग समाचार,काठमाडौं ।

अर्थमन्त्री डा. प्रकाशशरण महतलाई तीन लगानीकर्ता संघका प्रतिनिधिहरुले व्याजदरलाई एकल अंकमा कायम गरिदिन आग्रह गरेको छ । आज अर्थमन्त्री महतलाई भेट गरी विद्यमान व्याजदर उच्च हुन गई लगानी निरुत्साहित हुन गएकोले उक्त व्याजदरमा पुनरावलोकन गरी एकल अंकमा कायम गरिदिन समेत उनीहरुले आग्रह गरेका हुन् । उनीहरुले अर्थमन्त्री सामू ६ बुँदे माग राखेका छन् । लगानीकर्ताहरूको प्रमुख मागको रूपमा रहेको खुल्ला रूपमा नयाँ ब्रोकर लाईसेन्स, नयाँ स्टक एक्सचेन्ज र कमोडिटी एक्सचेन्जको लाईसेन्स वितरण प्रक्रिया बिना ढिलासुस्ति कार्यान्वयन गर्न अनुरोध उनीहरुले अर्थमन्त्री  महतसँग अनुरोध गरेका छन् ।
अर्थमन्त्री डा.प्रकाशशरण महतलाई नेपाल इनभेष्टमेन्ट फोरमका अध्यक्ष तुलसी राम ढकाल , सेयर लगानीकर्ता संघ नेपालका का.अध्यक्ष ताराप्रसाद फुल्लेल र नेपाल पुँजीबजार लगानीकर्ता संघ अध्यक्ष राधा पोखरेलले भेटवार्ता गरेका छन् । 

यस्ता छन मागहरु

१.लगानीकर्ताहरूको प्रमुख मागको रूपमा रहेको खुल्ला रूपमा नयाँ ब्रोकर लाईसेन्स, नयाँ स्टक एक्सचेन्ज र कमोडिटी एक्सचेन्जको लाईसेन्स वितरण प्रक्रिया बिना ढिलासुस्ति कार्यान्वयन गर्न अनुरोध गर्दछौं ।

२.१२ करोड (बाह्र करोड) सम्मको शेयर कर्जाको सिमाले शेयरबजारलाई निरुत्साहित गरेकोले सो व्यवस्थालाई फिर्ता लिनका लागि अनुरोध गर्दछौं ।
३.शेयर कर्जामा लगाईएको १५० प्रतिशतको जोखिम भारित औसतलाई १०० प्रतिशत नै कायम गरिदिनुहुन अनुरोध गर्दछौं।
४. लगानीकर्तालाई अल्पकालिन र दिर्घकालिन लगानीकर्ताको रूपमा विभाजन गरी सोहि अनुरूप अल्पकालिन लगानीकर्तालाई ५ प्रतिशत र दीर्घकालिन लगानीकर्तालाई ३ प्रतिशत पूँजीगत लाभकर लगाउने व्यवस्था गर्न अनुरोध गर्दछौं ।
५. विद्यमान व्याजदर उच्च हुन गई लगानी निरुत्साहित हुन गएकोले उक्त व्याजदरमा पुनरावलोकन गरी एकल अंकमा कायम गरिदिनु हुन अनुरोध गर्दछौं ।
६.तरलता समस्याले देशको अर्थतन्त्रमा नकारात्मक अवस्था श्रृजना हुन गएकोले उक्त समस्याको तत्काल समाधान गर्ने व्यवस्था गरिदिनु हुन अनुरोध गर्दछौं मागमा भनिएको छ  ।