कनेक्ट आइपीएस नेपाल राष्ट्र बैंकद्वारा सम्मानित

कनेक्ट आइपीएस नेपाल राष्ट्र बैंकद्वारा सम्मानित


बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल राष्ट्र बैंकले कनेक्ट आइपीएसलाई सम्मान गरेको छ । नेपालको विद्युत्तीय भुक्तानी प्रवर्धनमा योगदान पुर्‍याएकाले सम्मान गरेको हो । नेपाल क्लियरिङ्ग हाउसको कनेक्ट आइपीएस प्रणालीले खेलेको भूमिकालाई कदर गर्दै राष्ट्र बैंकको ६८ औं वार्षिकोत्सवका दिन गर्भनर महाप्रसाद अधिकारीले यस नेपाल क्लियरिङ्ग हाउसलाई प्रशंसापत्र प्रदान गरेका हुन् ।

राष्ट्र बैंकले चालू आर्थिक वर्षलाई विद्युत्तीय भुक्तानी प्रवद्र्धन वर्षको रुपमा मनाउँदै आएको छ । वार्षिकोत्सवको विशेष अवसरका दिनमा डिजिटल भुक्तानी प्रणालीका सेवाहरु संचालन गर्दै आइरहेका विभिन्न संघ संस्थाहरुलाई राष्ट्र बैंकले सम्मान गरेको हो ।

आर्थिक वर्ष २०७९/८० को चैत्र मसान्त सम्म कनेक्ट आइपीएस मार्फत २८.४९ खर्बको कारोबार फर्छ्यौट गरेको छ । उक्त प्रणालीबाट खाता तथा वालेटमा गरिने फन्ड ट्रान्सफर, व्यावसायिक भुक्तानीहरु नेपाल सरकारको राजस्व, सेवा वापतको रकम संकलन तथा विभिन्न भुक्तानीका कारोबारहरु हुँदै आएका छन् ।

 

\"\"