२० अर्ब आन्तरिक ऋण उठाउँदै सरकार, ८ अर्ब ६० करोड नवीकरणका लागि बोलकबोल गर्दै 

२० अर्ब आन्तरिक ऋण उठाउँदै सरकार, ८ अर्ब ६० करोड नवीकरणका लागि बोलकबोल गर्दै 


बैंकिङ्ग समाचार, काठमाडौं ।

नेपाल सरकारले सोमबार ट्रेजरी बिल मार्फत २० अर्ब रुपैयाँ आन्तरिक ऋण परिचालन गर्ने भएको छ । नेपाल राष्ट्र बैंकले सोमबार कुल २८ अर्ब ६० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बोलकबोल गर्न लागेको छ । जसमध्ये राष्ट्र ऋण बोलकबोल तालिका अनुसार २० अर्ब नयाँ ऋण परिचालन हुने र ८ अर्ब ६० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल नवीकरणका लागि बोलकबोल हुने राष्ट्र बैंकले जनाएको छ । सोमबार २८ दिन र ९१ दिन अवधिको ट्रेजरी बिल बोलकबोल मार्फत ५/५ अर्ब गरी १० अर्ब, १८२ दिन अवधिको ट्रेजरी बिल मार्फत ६ अर्ब र ३६४ दिन अवधिको ट्रेजरी बिल मार्फत ४ अर्ब गरी २० अर्ब आन्तरीक ऋण परिचालन गर्न लागिएको हो।

यस्तै २८ दिन अवधिको ५ अर्बको ट्रेजरी बिल र ९१ दिन अवधिको ट्रेजरी बिल मार्फत ३ अर्ब ६० करोडको ट्रेजरी बिल नवीकरणका लागि बोलकबोल हुन लागेको हो ।