निजी क्षेत्रलाई अख्तियारको दायरामा ल्याउन अघि बढाइएको विधेयक हटाउन संशोधन प्रस्ताव दर्ता

निजी क्षेत्रलाई अख्तियारको दायरामा ल्याउन अघि बढाइएको विधेयक हटाउन संशोधन प्रस्ताव दर्ता


बैंकिङ समाचार, काठमाडौं । 

राष्ट्रिय सभाले निजी क्षेत्रलाई समेत अख्तियारको अधिकार क्षेत्रभित्र ल्याएको थियो । राष्ट्रिय सभाले पारित गरेको विधेयकको व्यवस्था हटाउन आइतबार प्रतिनिधिसभामा संशोधन दर्ता गरेका छन् ।

उक्त संशोधन दर्ता गरेपछी अब त्यस्तो व्यवस्था लगभग पारित विधेयकमा हट्ने भएको छ ।

कांग्रेस, एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी र एकीकृत समाजवादीलगायतका दलहरुले निजी क्षेत्रलाई अख्तियारको अधिकार क्षेत्रमा नराख्ने संसोधन प्रस्ताव तोकिएको दिन अर्थात् आइतबार दर्ता गरेका हुन् ।

व्यवसायीका छाता संगठनहरुले निजी क्षेत्रको नियमन गर्ने सम्बन्धित निकाय हुँदाहुँदै थप अख्तियारको क्षेत्राधिकारभित्र पार्न खोज्दा बेथिति बढ्ने र उद्योगी व्यवसायी हतोत्साही हुने बताउँदै आएका छन् ।