व्यापार घाटा १० खर्ब ८३ अर्ब नाघ्यो, भारतसँग मात्रै ६ खर्ब ७० अर्ब बढी 

व्यापार घाटा १० खर्ब ८३ अर्ब नाघ्यो, भारतसँग मात्रै ६ खर्ब ७० अर्ब बढी 


बैंकिङ्ग समाचार, काठमाडौं ।

गत चैतसम्ममा भारतसँगको व्यापारघाटा ६ खर्ब ७० अर्ब ७६ करोड रुपैयाँ पुगेको छ । गत साउनदेखि चैतसम्ममा भारतबाट ७ खर्ब ५३ अर्ब ७५ करोडको वस्तु आयात गर्दा ८२ अर्ब ९८ करोड ५३ लाख रुपैयाँको निर्यात भएको भन्सार विभागले बुधवार सार्वजनिक गरेको तथ्यांकले देखाएको छ । 

अर्को छिमेकी चीनसँगको व्यापारघाटा १ खर्ब ६१ अर्ब ८१ करोड छ । चैतसम्ममा चीनबाट १ खर्ब ६२ अर्ब ४४ करोडको वस्तु आयात हुँदा त्यहाँ ६३ करोड ६८ लाख रुपैयाँको निर्यात भएको छ ।

 

\"\"