सगरमाथा जलविद्युत कम्पनीको शेयर रजिष्ट्रारमा प्रभु क्यापिटल 

सगरमाथा जलविद्युत कम्पनीको शेयर रजिष्ट्रारमा प्रभु क्यापिटल 


बैंकिङ्ग समाचार, काठमाडौं ।

सगरमाथा जलविद्युत कम्पनी लिमिटेडले शेयर रजिष्ट्रारमा प्रभु क्यापिटललाई नियुक्त गरेको छ । अव कम्पनीका सम्पूर्ण धितोपत्र कारोबार सम्बन्धी सम्पूर्ण कायहर्रु प्रभु क्यापिटलबाट हुनेछन् ।कम्पनीले केही समय अगाडि आईपीओ निष्कासन गरी  चैत ३० गते देखि धितोपत्रको दोस्रो बजारमा कारोबारमा आएको हो ।

कम्पनीले उद्योग प्रभावित क्षेत्रका बासिन्दाका लागि वितरण गरिएको ११ लाख २० हजार कित्ता, सर्वसाधारणको लागि निष्कासन गरेको ४३ लाख ६८ हजार कित्ता र कम्पनीका संस्थापकहरुले लगानी गरेको ५७ लाख १२ हजार कित्ता गरी कुल १ करोड १२ लाख कित्ता साधारण शेयर चैत ३० गते सूचीकृत गराएको थियो ।