२४ शाखा  एक आपसमा  गाभ्ने तयारीमा प्रभु बैंक

२४ शाखा  एक आपसमा  गाभ्ने तयारीमा प्रभु बैंक


बैंकिङ्ग समाचार, काठमाडौं ।  

प्रभु बैंकको २४ वटा शाखा कार्यालयहरु एक आपसमा गाभिने भएका छन् । बैंकले साविक सेञ्चुरी कमर्सियल बैंक लिमिटेडलाई प्राप्ति पश्चात एकीकृत कारोबार गरिसकेको अवस्थामा एकै स्थानमा अवस्थित शाखा कार्यालयहरु गाभेर १२ वटा शाखाबाट सेवा प्रदान गर्न लागेको हो ।

शाखा गाभिएसँगै शाखामा संचालनमा रहेको सेफ डिपोजिट लकर समेत गाभ्ने शाखामा स्थानान्तरण हुने हुँदा लकर सेवा लिने ग्राहकहरुको सामान सुरक्षित तरिकाले स्थानान्तरण हुने बैंकले जनाएको छ ।