पञ्चकन्या ग्रुपका कार्यकारी निर्देशक श्रेष्ठ महासंघ सदस्यमा निर्वाचित 

पञ्चकन्या ग्रुपका कार्यकारी निर्देशक श्रेष्ठ महासंघ सदस्यमा निर्वाचित 


बैंकिङ्ग समाचार, काठमाडौं ।

पञ्चकन्या ग्रुपका कार्यकारी निर्देशक उज्ज्वलकुमार श्रेष्ठ नेपाल उद्योग वाणिज्य महासंघको ५७औं साधारण सभाबाट कार्यकारिणी समिति सदस्यमा निर्वाचित भएका छन् ।

एसोसिएटतर्फबाट उनी महासंघको सदस्य निर्वाचित भएका हुन । यसअघि उनले महासंघको उद्योग प्रवद्र्धन समिति,अन्तर्राष्ट्रिय लगानी तथा प्रवद्र्धन समितिमा रहेर काम गरेका थिए ।

विभिन्न सामाजिक संस्थाहरु चाइल्डरिच नेपालका पूर्व बोर्ड अध्यक्षका साथै अन्तर्राष्ट्रिय व्यापारिक संस्था वाइपिओको निर्वतमान अध्यक्ष तथा बोर्ड सदस्य लगायत संस्थाहरुमा आबद्ध रहेर पनि काम गरिसकेका छन् ।