निक्षेपको ब्याजदरमा कटौती, नयाँ ऋणीलाई कम ब्याजमा ऋण दिने बैंकर्स संघको निर्णय 

निक्षेपको ब्याजदरमा कटौती, नयाँ ऋणीलाई कम ब्याजमा ऋण दिने बैंकर्स संघको निर्णय 


बैंकिङ समाचार,काठमाडौं । 

वाणिज्य बैंकहरुले निक्षेपको ब्याजदरमा कटौती गरेका छन् । बैंकर्स संघको बुधबार बसेको बैठकले वैशाख १ गतेदेखि लागू हुने गरी ब्याजदरमा कटौती गरेका हुन् । 

संघको बैठकले एक वर्षे मुद्दतीको ब्याज ११ प्रतिशतबाट ९.९९ प्रतिशतमा झार्ने निर्णय गरेको छ । संस्थागत निक्षेपकर्ताको ब्याजदर ७.९९ प्रतिशतमा आएको छ ।

बचतको ब्याजदर ५.४ देखि ७.४ प्रतिशतमा झारेको छ। कल डिपोजिटको ब्याजदर २.७ प्रतिशतमा झारेको छ। 

अहिले झरेको निक्षेपको ब्याजको असर आधार दरमा साउनदेखि पर्ने छ । यद्यपि बचतको ब्याजदर तत्कालै घट्ने भएकाले आधार दर कम भएर नयाँ ऋणीलाई कम ब्याजमा पैसा उपलब्ध हुने छ ।