मुलुकमा देखिएको आर्थिक संकट निराशाजनक नभएको अर्थमन्त्रीको दाबी

मुलुकमा देखिएको आर्थिक संकट निराशाजनक नभएको अर्थमन्त्रीको दाबी


बैंकिङ समाचार, काठमाडौं ।

अर्थमन्त्री प्रकाशसरण महतले मुलुकमा देखिएको आर्थिक संकट निराशाजनक नभएको दाबी गरेका छन् । 

नेपाल उद्योग बाणिज्य महासंघको ५७औँ वार्षिक साधारणसभामा बोल्दै अर्थमन्त्री महतले हाल मुलुकमा देखिएको आर्थिक संकट निराशाजनक नभएको दाबी गरेका हुन् ।

कार्यक्रममा बोल्दै अर्थमन्त्री महतले अर्थतन्त्रमा देखिएको समस्यालाई सरकारले गम्भीर रुपमा लिएको बताएका छन्  । मुलुकमा देखिएको आर्थिक संकट नियन्त्रणभन्दा बाहिर नगएको पनि उनको भनाई छ । 

त्यस्तै, अर्थमन्त्री महतले आर्थिक संकटको समस्यालाई नियन्त्रण गर्न अनावश्यक खर्चहरुमाथि लगाम लगाउन आवश्यक भएको बताएका छन् ।
उक्त विषयमा सरकारले अल्पकालीन र दीर्घकालीन रुपमा सोचिरहेको समेत अर्थमन्त्रीको भनाई छ ।