बैंकको ब्याजदर घटाउन प्रधानमन्त्रीलाई वाणिज्य तथा आपूर्ति मन्त्री रिजालको आग्रह

बैंकको ब्याजदर घटाउन प्रधानमन्त्रीलाई वाणिज्य तथा आपूर्ति मन्त्री रिजालको आग्रह


बैंकिङ समाचार,काठमाडौं । 

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले बैंकको ब्याजदर घटाउन प्रधानमन्त्रीलाई आग्रह गरेका छन्  ।

नेपाल उद्योग वाणिज्य महासंघको ५७ वार्षिक साधारणसभामा मन्त्री रिजालले व्यवसायीमा बैंक ब्याजदरको समस्या रहेको भन्दै यस्तो आग्रह गरेका हुन् । 

उद्योग ठप्प भएको हुँदा व्यवसायीहरु निरुत्साहित भएको र मुलुक अहिले चुनौतीपूर्ण समयबाट गुज्रिरहेको रिजालले रिजालको भनाई छ । 
‘अहिले आर्थिक अवस्था राम्रो छैन आयात निर्यातमा ग्याप भएको छ । व्यवासीहरु निरुत्साहित छन् । उद्योग ठप्प भएको छ ।’ उनले भने ।

उनले देशलाई समृद्धितर्फ लैजाने भन्दै यसका लागि उद्योगि व्यबसायिले पाएको दुःख बुझ्नेको बताए ।