मुलुकको अर्थतन्त्र सुधार गर्न दीर्घकालीन योजना बनाउनुपर्छः बाबुराम भट्टराई

मुलुकको अर्थतन्त्र सुधार गर्न दीर्घकालीन योजना बनाउनुपर्छः बाबुराम भट्टराई


बैंकिङ समाचार,काठमाडौं ।
नेकपा समाजवादी पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले मुलुकको अर्थतन्त्रमा आएको समस्यालाई सुधार गर्न दीर्घकालीन योजना बनाउनुपर्ने बताएका छन् ।

उनले अहिलेको अर्थतन्त्र परम्परावादी र आधुनिकतावादबीचको सङ्क्रमणबाट गुज्रिएको टिप्पणी गरेका छन् ।

त्यस्तै, नेता भट्टराईले केही समयअघि उद्योगमा समस्या आएको र अहिले कृषिमा समस्या सिर्जना भएकाले यसलाई सुधार्न सरकारले दीर्घकालीन योजना बनाउनुपर्ने जिकिर गरेका छन् ।

कपिलवस्तुको चन्द्रौटामा पार्टीका कार्यकर्तासँग भेट गर्दै नेता भट्टराईले पछिल्लो समय कृषितन्त्र भत्किँदै आयातमा निर्भर हुनुपर्ने अवस्था सिर्जना भएको बताएका हुन् ।