वाणिज्य महासंघको चुनावी मैदानमा युवा उद्यमी गोयल

वाणिज्य महासंघको चुनावी मैदानमा युवा उद्यमी गोयल


बैकिङ समाचार,काठमाडौं । 

नेपाल उद्योग वाणिज्य महासंघको एसोसियट सदस्यमा गोयल समूहका कार्यकारी निर्देशक चिराग गोयलले उम्मेदवारी दिएका छन् । उम्मेदवारी दिनेहरूमध्ये उनी सबैभन्दा कान्छा उम्मेदवार हुन् । 

३० वर्षीय गोयल नेपाल युवा उद्यमी मञ्च काठमाडौँका अध्यक्षसमेत हुन् । स्टार्टअप र युवा उद्यमी प्रवद्र्धनका लागि आफूले उम्मेदवारी दिएको उनको भनाई छ ।

युवा उद्यमीहरूको प्रतिनिधि भएर महासंघमा जान लागेको भन्दै उनले स्टार्टअप व्यवसाय सञ्चालनका लागि आवश्यक पूर्वाधार र भएका समस्या समाधानमा पहल गर्ने प्रतिबद्धता जनाएका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचन चैत २८ र २९ गते हुँदैछ ।