नयाँ नेतृत्वको सरकारले मुलुकलाई आर्थिक मन्दीतिर लगेको छः शङ्कर पोखरेल

नयाँ नेतृत्वको सरकारले मुलुकलाई आर्थिक मन्दीतिर लगेको छः शङ्कर पोखरेल


बैकिङ समाचार, काठमाडौं ।

अर्थतन्त्र संकटमा रहेका बेला कांग्रेस र माओवादी नेतृत्वको सरकारले मुलुकलाई आर्थिक मन्दीतिर लगेको नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले आरोप लगाएका छन् ।

काठमाडौंमा आयोजित नेपाल खेलकुद महासङ्घ काठमाडौं महानगर कमिटीको दोस्रो अधिवेशनमा बोल्दै उनले यस्तो आरोप लगाएका हुन् । प्रधानमन्त्री प्रचण्डको अस्थिर नीतिले नेकपा एमाले सरकारबाट बाहिरिएसँगै मुलुक नै आर्थिक सङ्कटमा परेको पोखरेलले दाबी गरेका छन् ।

यही सरकार लामो समयसम्म रहे मुलुक चरम आर्थिक संकटमा पर्ने कुरा मतदातालाई जानकारी गराउन आवश्यक रहेको समेत पोखरेलले बताएका छन् ।