एफएनसीसीआईको आशन्न चुनावका वरिष्ठ उपाध्यक्ष प्रत्यासी रामचन्द्र संघईले घोषणा गरे आफ्नो प्यानल

एफएनसीसीआईको आशन्न चुनावका वरिष्ठ उपाध्यक्ष प्रत्यासी रामचन्द्र संघईले घोषणा गरे आफ्नो प्यानल


बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल उद्योग बाणिज्य महासंघ (एफएनसीसीआई) को आशन्न चुनावमा वरिष्ठ उपाध्यक्षका प्रत्यासी रामचन्द्र संघईले आफ्नो टीम (प्यानल) को घोषणा गरेका छन । आइतबार राजधानीको लैनचौर बैंक्वेटमामा एक कार्यक्रम गरेर उनले आफ्नो प्यानल घोषणा गरेका हुन ।

संघईले आफ्नो टीममा महासंघ एसोसियट उपाध्यक्षको उम्मेदवारमा ज्योत्सना श्रेष्ठलाई अघि सारेका छन ।

त्यस्तै संघईंले आफ्नो टीममा जिल्ला नगर तर्फ सुरकृष्ण बैद्यलाई उपाध्यक्षको उम्मेद्वार बनाएका छन । त्यसैगरी बस्तुगत तर्फबाट सकुन्तलाल हिराचन उम्मेदवार बनेका छन ।

बरिष्ठ उपाध्यक्षका अर्का प्रत्यासी उमेशलाल श्रेष्ठले टिम बनाए पनि प्यानल घोषणा गर्न सकेका छैनन् ।