मिटरब्याजी पीडितहरूलाई भेट्न प्रधानमन्त्रीले ढिलो गर्न हुँदैनः महामन्त्री शर्मा

मिटरब्याजी पीडितहरूलाई भेट्न प्रधानमन्त्रीले ढिलो गर्न हुँदैनः महामन्त्री शर्मा


बैंकिङ समाचार,काठमाडौं।

नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले मिटरब्याजी पीडितहरूलाई भेट्न प्रधानमन्त्रीले ढिलो गर्नु नहुने बताएका छन् । 

स्वदेशी जुत्ता प्रदर्शनी भृकुटीमण्डपको अवलोकन गरेपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले प्रधानमन्त्री पुष्पकमल दाहालले मिटरब्याजी पीडितहरूलाई भेट्न ढिलो गर्नु नहुने बताएका हुन् ।

उनले मिटरब्याजी पीडितहरुलाई प्रधानमन्त्रीसँग प्रत्यक्ष भेट गर्न चाहेकाले १३ दिन लगाएर तराईबाट हिँड्दै आएका नागरिकलाई अविलम्ब भेट गर्न आग्रह गरेका छन् । पीडितलाई प्रधानमन्त्रीले भेट गर्नु भनेको उनीहरूको मुद्दा सम्बोधनको प्रक्रिया शुरु हुनु रहेको उनको भनाई थियो । 

महामन्त्री शर्माले मिटरब्याजी पीडितहरूले उठाएका मुद्दाहरूको सम्बोधनका लागि आवश्यक कानून निर्माण गर्न र संसद्मा छिटो भन्दा छिटो कानूनी प्रक्रिया अघि बढाउनुपर्नेमा जोड दिए । मिटरब्याजी पीडितहरू कुनैपनि राजनीतिक दलको छत्रछायामा रहेको भएपनि उनीहरूको माग सम्बोधन गर्नु सरकारको दायित्व भएको उनले बताएका छन् । 

‘मिटरब्याजीसँग सरकारले दुई तीन वटा कुरा क्रमशः गर्नुपर्छ । मिटरब्याजीहरुले जो कोही गएर संवाद गर्दापनि उहाँहरूले प्रधानमन्त्रीसँग भेट्न चाहन्छौँ भन्नुभएको छ । प्रधानमन्त्रीज्यूलाई म के आग्रह गर्छु भने मिटरब्याजीहरुको संघर्षका लागि १३ दिन लगाएर तराईबाट हिँडेर आएका नागरिकलाई हिजो घरमा पुगेर दुई हात जोडेर मत माग्न सक्थ्यौँ, आज पैदल हिँडेर आएका नागरिकलाई प्रधानमन्त्रीले भेट दिन ढिलो गर्नु हुँदैन ।’ उनले भने,