बैंकिङ समाचार,काठमाडौं ।
धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ राईले धरानमा एशियाली बैंकसँग एक प्रतिशतमा ऋण लिएर सरकारले पाँच प्रतिशतमा उपलब्ध गराएको बताएका छन् ।
उनले बिहीबार बिहानै स्टाटस लेख्दै मिटर ब्याजको कुरा भइरहँदा धरानमा एडीबीको ऋणमा समेत नेपाल सरकार आफैँले त्यसो गरेको बताएका हुन् ।
‘यो ऋण मिनाहा गरिदिन सम्बन्धित मन्त्रालयलाई मैले अनुरोध पनि गरेँ तर सुनुवाइ भएन,’ उनले लेखेका छन्,’ ध्यान जावोस् यता पनि नत्र म पनि आन्दोलनमा कुद्नु पर्ने दिन आउनेछ ।‘
प्रतिक्रिया