ह्वाट्सएपमार्फत ठगी गर्ने ९ जना चिनियाँ र १० जना नेपाली प्रकाउ

ह्वाट्सएपमार्फत ठगी गर्ने ९ जना चिनियाँ र १० जना नेपाली प्रकाउ


बैंकिङ समाचार, काठमाडौं । 

ह्वाट्सएपमार्फत ठगी गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ।

\"\"

अनलाइन बिजनेसबाट ठुलो रकम फाइदा हुने भन्दै ‘टेलिग्राम’ मा ‘अपरेसन टिचर’ नामक च्यानल चलाएर कक्षा संचालन गरेर ठगी गरेको अभियोगमा प्रहरीले ९ जना चिनियाँ नागरिक र १० जना नेपाली नागरिकसहित १९ जनालाई पक्राउ गरेको हो।‍ पक्राउ पर्नेमा नेपाली नागरिकहरुमा बुद्धिराज श्रेष्ठ, इन्द्र तामाङ, राजकुमार लामा, प्रयास भण्डारी, अर्जुन श्रेष्ठ, अनिता मगर लगायत रहेका छन्। यस्तै, चिनियाँ नागरिक हुङ हुएरङ, छु फिजाङ, लान हेङवी, सि गुए यी, सि, सुआङ दी लगायत रहेका छन्।

\"\"

काठमाडौंको विभिन्न स्थानमा घर भाडामा लिएर उनीहरुले ठगी धन्दा संचालन गरिरहेका थिए। उनीहरुको साथबाट प्रहरीले ४ लाख नगद, ७७ थान फोन, १२ थान ल्यापटप लगायतका सामान पनि फेला पारेको छ। \"\"

प्रहरीले काठमाडौंका विभिन्न स्थानबाट उक्त ठगीमा प्रयोग गरिएका कयौँ विद्युतीय सामान पनि बरामद गरेको छ।  उनीहरु अधिकांशलाई बूढानीलकण्ठ नगरपालिका २ महादेवखोला र काठमाडौं महानगरपालिका चण्डोलबाट पक्राउ गरिएको हो।