लुम्बिनी विकास बैंकद्वारा कर्मचारी माग

लुम्बिनी विकास बैंकद्वारा कर्मचारी माग


बैंकिङ्ग समाचार, काठमाडौं ।

लुम्बिनी विकास बैंक लिमिटेडले कर्मचारी माग गरेको छ । बैंकले दुई पदका लागि कर्मचारी माग गरेको हो । बैंकले नेटवर्क एडमिनिस्ट्रेटरअन्तर्गत जुनियर अफिसर (सुपरभाइजर) एकजना र क्वालिफाइड एण्ड सेमि क्वालिफाइड चार्टर्ड अकाउन्टेन्ट (सुपरभाइजर) जुनियर अफिसरमा केही संख्यामा कर्मचारी माग गरेको हो । उक्त पदहरुका लागि कम्प्युटर साइन्स विषयमा स्नातक तह उत्तीर्ण र चार्टर्ड अकाउन्टेन्ट विषयमा पढेको हुनुपर्ने बैंकले जनाएको छ ।

योग्यता पुगेका ब्यक्तिले चैत ३० गतेसम्म कम्पनीको वेबसाइट https://career.lumbinibikasbank.com/ मार्फत दरखास्त दिन सक्नेछन् ।\"\"