विदेशमा रहेका नेपाली श्रमिकलाई निःशुल्क टेलिमेडिसिन सेवा

विदेशमा रहेका नेपाली श्रमिकलाई निःशुल्क टेलिमेडिसिन सेवा


बैंकिङ समाचार, काठमाडौं । 

विभिन्न मुलुकमा वैदेशिक रोजगारका लागि पुगेका नेपाली नागरिकले निःशुल्क टेलिमेडिसिन सुविधा पाउने भएका छन् । बुधबार बिहान १० बजेबाट नेपाली कामदारले यो सुविधा पाउने भएका हुन् ।

वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकहरूको स्वास्थ्य सम्बन्धी समस्या समाधानका लागि आवश्यकताअनुसार समयमा नै सल्लाह, सुझाव र परामर्श सेवा उपलब्ध गराउने गरी सेवा दिन लागिएको वैदेशिक रोजगार बोर्डले जनाएको छ ।
सार्वजनिक विदाका दिनबाहेक नेपाली कामदारले यो सुविधा पाउने वैदेशिक रोजगार बोर्डले जनाएको छ । 

बिरामीको फोन टेलिमेडिसिनका मेडिकल अधिकृतले रिसिभ गरी आवश्यक सेवा उपलब्ध गराउने बोर्डले उल्लेख गरेको छ । बिरामीलाई विशेषज्ञको सेवा आवश्यक परेमा आइतबार र शुक्रबार उपलब्ध हुनेछन् । बोर्डका अनुसार सम्पूर्ण सेवा निःशुल्क हुनेछ ।