विश्व बैंकले दियो विश्वव्यापी अर्थतन्त्रको गति दशकयताकै न्यून बिन्दुमा झर्ने चेतावनी

विश्व बैंकले दियो विश्वव्यापी अर्थतन्त्रको गति दशकयताकै न्यून बिन्दुमा झर्ने चेतावनी


बैंकिङ समाचार,काठमाडौं ।
विश्व बैंकको नयाँ प्रतिवेदनले विश्वव्यापी अर्थतन्त्रको गति सीमा सन् २०३० सम्ममा तीन दशकयताकै न्यून बिन्दुमा झर्ने चेतावनी दिएको छ ।

विश्व बैंकले आफ्नो प्रतिवेदनमा उत्पादकत्व र श्रम आपूर्ति प्रवर्द्धन, लगानी प्रवरद्ध्नसँगै सेवा क्षेत्रको क्षमतालाई राम्रोसँग प्रयोग गर्नुपर्ने जनाएको छ । प्रतिवेदनमा कोभिड–१९ र रुस–युक्रेनपछिको सम्भावित उत्पादन वृद्धिदरको मूल्यांकन गरिएको छ ।

विश्व बैंकले आफ्नो प्रतिवेदनमा विगत तीन दशकमा विकास र समृद्धिलाई प्रवर्द्धन गर्ने प्रायः सबै आर्थिक शक्ति कमजोर भएको भन्दै चिन्ता व्यक्त गरेको छ । यस गिरावटका कारण २०२२–२०३० बीचको औसत विश्वव्यापी सम्भावित जीडीपी वृद्धिमा कमी आउने सम्भावना छ ।यो प्रवृत्ति विकसित अर्थतन्त्रमा मात्र सीमित रहने छैन । विकसित देशहरुमा पनि वृद्धि सुस्त हुने अपेक्षा गरिएको छ। बाँकी समयमा यी देशको वार्षिक वृद्धिदर ४ प्रतिशत हुनसक्छ । यदि विश्वव्यापी संकट आयो भने स्थिति अझ खराब हुन सक्छ ।

‘हामीले जुन मन्दीको कुरा गरिरहेका छौँ यदि अर्को विश्वव्यापी वित्तीय संकट देखा पर्यो भने तीव्र हुन सक्छ। विशेषगरी यदि त्यो संकट विश्वव्यापी मन्दीको साथमा छ भने यो मन्दीले वृद्धिको सम्भावनालाई असर गर्न सक्छ ।’ प्रतिवेदनमा भनिएको छ ।