सांसद ज्ञानेन्द्र शाहीविरुद्ध मिटरब्याजी पीडितको नाराबाजी 

सांसद ज्ञानेन्द्र शाहीविरुद्ध मिटरब्याजी पीडितको नाराबाजी 


बैंकिङ समाचार,काठमाडौं ।

काठमाडौमा आन्दोलनरत मिटरब्याजी पीडितहरुले राप्रपाका सांसद ज्ञानेन्द्र शाहीविरुद्ध नाराबाजी गरेका छन् ।

ज्ञानेन्द्र शाही राजावादी र सामान्तवादी रहेको भन्दै मिटरब्याजी पीडितहरुले शाहीबिरुद्ध नाराबाजी गरेका हुन् । आफूहरुको नागरिक आन्दोलन गरेको भन्दै उनीहरुले राजावादी र सामान्तवादीको समर्थन र ऐक्यबद्धता नचाहिने बताएका छन् ।

ज्ञानेन्द्र शाहीले भने आफू जनप्रतिनिधि भएको नाताले नागरिकको समस्या बुझ्न आएको बताएका थिए । तर मिटरब्याजी पीडितले उनको कुरै सुन्न चाहेनन् र शाहीबिरुद्ध चर्को नाराबाजी गरेका छन् ।