नेपालका विभिन्न १९ परियोजनाका लागी अन्तर्राष्ट्रिय ऋण तथा अनुदान आउँदै

नेपालका विभिन्न १९ परियोजनाका लागी अन्तर्राष्ट्रिय ऋण तथा अनुदान आउँदै


बैंकिङ समाचार, काठमाडौ । 
सरकारले १ खर्ब बढी वैदेशिक ऋण तथा अनुदान लिने भएको छ । देशको आन्तरिक अर्थतन्त्र संकटमा परिरहेको अवस्थामा सरकारले विभिन्न दातृ निकायसंग सो बराबरको वैदेशिक ऋण तथा अनुदान लिने गरि सम्झौता गरेको हो ।

अर्थमन्त्रालयका अनुसार सरकारले दातृ निकायसँग कुल १ खर्ब ३८ अर्ब ५६ करोड रुपैयाँ बराबरको रुपैयाँ वैदेशिक ऋण तथा अनुदान लिने गरि सम्झौता गरेको छ ।

नेपालका विभिन्न १९ परियोजना तथा कार्यक्रममा सो बराबरको ऋण तथा अनुदान लिने गरि विदेशी दातृ निकायसँग सम्झौता गरेको अर्थमन्त्रलायले जनाएको छ । तथ्याङ्क अनुसार १ खर्ब १४ अर्ब रुपैयाँ ऋण सम्झौता र २४ अर्ब ५६ करोड १० लाख रुपैयाँ बराबरको अनुदान लिने गरि सम्झौता गरिएकोे छ ।

पछिल्लो समय देखिएको आर्थिक संकट, राजश्व परिचालनमा आएको संकुचन, तरलता अभाव लगायतका कारण नेपाल सरकारको बजेट घाटामा गएको छ । यो अवस्था कहिलेसम्म लम्बिन्छ भन्ने बिषयमा पनि यकिन छैन । यस्तो अवस्थामा यतिका ठुलो रकमको वैदेशिक ऋण तथा अनुदान सम्झौता हुनु सकरात्मक रुपमा लिइएको छ । तर, यो रकम नेपाल आइसकेको भने छैन, हाललाई यसका लागि सम्झौता मात्रै भएको मन्त्रालयको भनाइ छ । कतिपय दातृ निकायको रकम भने आउन थालेको अर्थमन्त्रालयले जनाएको छ ।

कति ऋण तथा अनुदान कहाँबाट आउँदै 

1679310308_IECCD-Chaitra-2.pdf