मिटरब्याज पीडितलाई भेट्न मातातीर्थ पुगे सिके राउत

मिटरब्याज पीडितलाई भेट्न मातातीर्थ पुगे सिके राउत


बैंकिङ समाचार, काठमाडौ । 
जनमत पार्टीका अध्यक्ष सिके राउत मिटरब्याज पीडितहरुलाई भेट्न मातातीर्थ पुगेका छन् । सोमबार दिउँसो महोत्तरीको बर्दिबासबाट ११ दिन हिँडेर काठमाडौं आइपुगेका पीडितहरुलाई भेट्न मातातीर्थमा पुगेका हुन् ।

राउतसँग भेटका क्रममा पीडितहरुले आफूहरुको घरजग्गा सबै गुम्ने अवस्था आएको भन्दै न्याय नपाएसम्म नफर्किने बताएका छन्  ।

राउतले मिटरब्याज पीडितहरुको पक्षमा आफ्नो पार्टीले आन्दोलन गरेको बेला सरकारसँग सहमति भएको तर अहिले पनि समस्या रहेको भन्दै उनले समाधानका लागि कार्यदल नै बनाएर काम गर्नुपर्ने बताएका छन् । ‘कतिपय गृह मन्त्रालयले परिपत्र गरेर पनि समाधान गर्न सक्छ । कतिपय अदालतमा विचाराधीन भएकाले विधेयक वा अध्यादेश ल्याएर मात्र समाधान गर्न सकिन्छ’, उनले भने, ‘यसबारे हामी सरकारसँग कुरा गरिरहेका छौं 

सरकारले मिटरब्याज पीडितका समस्या समाधान नगरे आफ्नो पार्टी पनि आन्दोलनमा आउने अध्यक्ष राउतले बताएका छन् ।