बैंकिङ समाचार,काठमाडौं ।
प्रभु क्यापिटल लिमिटेडले सेयर बजारसम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न गरेको छ । प्रभु क्यापिटलले उक्त सचेतनामूलक कार्यक्रम काठमाडौंको मैतिदेवीस्थित युनिभर्सल कलेजमा आईतबार सम्पन्न गरेको हो ।
ग्लोबल मनी विक–२०२३ अन्तर्गत बीबीएमा अध्ययनरत विद्यार्थीका लागि सेयर बजारसम्बन्धी सचेतनामूलक कार्यक्रम आयोजना गरेको प्रभु क्यापिटलले जनाएको छ । कार्यक्रममा ५० जना भन्दा बढी विद्यार्थीहरुको सहभागिता रहेको थियो ।
कार्यक्रममा विद्यार्थीहरुलाई सेयर बजार, प्राथमिक तथा दोस्रो बजारसम्बन्धी आधारभूत विषयहरु, सेयर बजारमा दीर्घकालीन तथा अल्पकालीन लगानी गर्दा पाइने प्रतिफल सम्बन्धी विषयहरुमा प्रभु क्यापिटल लिमिटेडका योजना व्यवस्थापक सौगात पन्तले प्रशिक्षण दिएका थिए ।
प्रभु क्यापिटलले सेयर लगानीमा सचेतना अभिवृद्धिका लागि समय–समयमा सेयर तथा पूँजी बजारसँग सम्बन्धित तालिम कार्यक्रम, विविध वर्कसप तथा सचेतना कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेको छ ।
प्रतिक्रिया