इन्साइडर ट्रेडिङ अभियोगमा न्यौपाने विरुद्ध मुद्दा दायर

इन्साइडर ट्रेडिङ अभियोगमा न्यौपाने विरुद्ध मुद्दा दायर


बैंकिङ समाचार,काठमाडौं । 
रिडी पावर कम्पनी लिमिटेडका तत्कालीन अध्यक्ष गुरु प्रसाद न्यौपाने विरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर भएको छ । 

न्यौपानेले इन्साइडर ट्रेडिङ गरेको दाबी गर्दै सरकारी वकिल कार्यालयमार्फत नेपाल धितोपत्र बोर्डले बुधबार अदालतमा मुद्दा दायर गरेको हो ।

रिडी पावर कम्पनीका तत्कालीन अध्यक्ष गुरु प्रसाद न्यौपानेले उक्त कम्पनीको सेयर पदमा बहाल रहँदा मिति २०७७ चैत १९ देखि मिति २०७८ साउन २४ सम्म खरिद बिक्री गरेको विषयमा तहकिकात गर्दा इन्साइडर ट्रेडिङ भएको पुष्टि भएको बोर्डले जनाएको छ ।