राष्ट्र बैंकले सार्वजनिक गर्यो २०८० सालको बैंक बिदाको सूची

राष्ट्र बैंकले सार्वजनिक गर्यो २०८० सालको बैंक बिदाको सूची


बैंकिङ्ग समाचार,काठमाडौं । 
नेपाल राष्ट्र बैंकले वि.सं. २०८० सालमा बैंक बिदाको सूची सार्वजनिक गरेको छ । बिहिबार नेपाल राष्ट्र बैंकको जनशक्ति विभागले २०८० सालमा बैंक बिदा हुने सूची सार्वजनिक गरेको हो ।

बैंकले शनिबार बाहेक ३५ दिन बिदा कायम गरेको छ ।

वि.सं.२०८० सालमा बिदा बाहेक बैशाख १ गतेदेखि कात्तिक १५ गतेसम्म बिहान १० बजेदेखि ५ बजेसम्म बैंक खुल्नेछ भने कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म बिहान १० बजेदेखि ४ बजेसम्म बैंक खुल्नेछ र माघ १६ गतेदेखि चैत्र मसान्तसम्म कार्यालय सयम १० बजेदेखि ५ बजेसम्म र बैंकिङ्ग समय १० बजेदेखि ४ बजेसम्म हुनेछ भने शुक्रबार बिहान १० बजेदेखि अपरान्ह १ः३० बजेसम्म बैंक खुल्नेछ ।