किसानमाथिको अन्यायमा सरकार मूकदर्शक बनेको भन्दै चर्को ब्याजदर विरुद्ध महासङ्घ सडकमा 

 किसानमाथिको अन्यायमा सरकार मूकदर्शक बनेको भन्दै चर्को ब्याजदर विरुद्ध महासङ्घ सडकमा 


बैकिङ्ग समाचार

अखिल नेपाल किसान महासङ्घले बैङ्कको ब्याजदर चर्को भएको भन्दै काठमाडौंमा प्रदर्शन गरेको छ ।

बुधवार माइतीघरमा महासङ्घले चर्को ब्याजदर घटाउनु पर्ने, मिटरव्याजी किसानको समस्या समाधान गरिनु पर्ने, महँगी नियन्त्रण गर्नु पर्ने मागसहित प्रदर्शन गरेको हो ।

प्रदर्शनमा सहभागीहरूले चर्को ब्याजदर नियन्त्रण गर, मिटर ब्याज पीडित किसानसँग गरेको सम्झौता लागु गर, बढ्दो महँगी नियन्त्रण गर, किसानका ५८ सूत्रीय माग पूरा गर, लघुवित्तको ऋण मिनाहा गर, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनालाई कार्यकर्ता पोस्ने थलो नबनाऊ लगायतका प्लेकार्डहरू बोकेका थिए ।

विरोध कार्यक्रमलाई सम्बोधन गर्दै अखिल नेपाल किसान महासङ्घ क्रान्तिकारी केन्द्रका केन्द्रीय अध्यक्ष चित्र बहादुर श्रेष्ठले लघुवित्त संस्थाहरु र मिटरव्याजीले दिनानुदिन नेपाली किसानहरुलाई शोषण गरिरहेको आरोप लगाएका थिए ।