सहकारीहरुलाई अनुगमन र नियमन गर्नुपर्ने अध्यक्ष गोल्छाको जोड

सहकारीहरुलाई अनुगमन र नियमन गर्नुपर्ने अध्यक्ष गोल्छाको जोड


बैंकिङ्ग समाचार, काठमाडौं । 

विभिन्न सूचकहरुले मुलुकको अर्थतन्त्र सुधार भएको देखाएता पनि वास्तवमा नेपाली अर्थतन्त्र समस्याग्रस्त रहेको नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले बताएका छन् । मंगलबार महासंघको केन्द्रीय कार्यालयमा आयोजित एक कार्यक्रममा बोल्दै उनले धेरै यस्तो बताएका हुन् । 

उक्त कार्यक्रममा बोल्दै उनले अब विकासमा मात्रै खर्च गर्ने गरी परिपक्क निर्णय नगरे मुलुकको अर्थतन्त्रले नयाँ गति लिन नसक्ने बताएका छन् ।

उनले विभिन्न परिसूचकहरुले मुलुकको अर्थतन्त्र सुधार भएको देखाएता पनि वास्तवमा नेपाली अर्थतन्त्र कहाँ र कस्तो रुपमा संकटमा छ भन्ने उदाहरण समेत पेश गरेका छन् । 
त्यसबाहेक निर्माण व्यवसाय र अटोमोबाइल्सको क्षेत्रमा समस्या भएको उनले बताएका छन् । कार्यक्रममा बोल्द गोल्छाले सहकारीहरुलाई अनुगमन र नियमन गर्नुपर्ने कुरामा जोड दिएका छन्