एकल अंकको ब्याजदर कायम हुनुपर्ने भन्दै राष्ट्र बैंक अगाडि उद्योगीको विरोध प्रदर्शन

एकल अंकको ब्याजदर कायम हुनुपर्ने भन्दै राष्ट्र बैंक अगाडि उद्योगीको विरोध प्रदर्शन


बैंकिङ्ग समाचार, काठमाडौं ।

 उद्योगी एवम् व्यवसायीहरुले विभिन्न माग राखेर आज पनि विरोध प्रदर्शन गरेका छन्। हिजो माइतीघरमा प्रदर्शन गरेका उद्योगीहरुले आज बालुवाटारस्थित नेपाल राष्ट्र बैंक बाहिर विरोध प्रदर्शन गरेका हुन्।

उनीहरुले एकल अंकको ब्याजदर कायम हुनुपर्ने, आधार दरमा प्रिमियममा बढीमा दुई प्रतिशत हुनुपर्ने, चालू पुँजी निर्देशिका खारेज गरी व्यावहारिक निर्देशिका बनाइनुपर्ने लगायतका माग राखेर विरोध कार्यक्रम गरेका हुन्। 

उद्योगी र व्यवसायीहरुले बैंक तथा वित्तिय समस्या समाधानको माग राख्दै विरोध गरिरहेका छन्।

\"\"