सरकारसँग ९ महिनाको वस्तु तथा सेवाको आयात धान्न पुग्ने विदेशी मुद्राको सञ्चिति 

सरकारसँग ९ महिनाको वस्तु तथा सेवाको आयात धान्न पुग्ने विदेशी मुद्राको सञ्चिति 


बैकिङ्ग समाचार 

नेपाल राष्ट्र बैंकले सरकारी ढुकुटीमा अधिकतम ९.४ महिनाको वस्तु तथा सेवाको आयात धान्न पुग्ने विदेशी मुद्राको सञ्चिति रहेको जनाएको छ । केन्द्रीय बैंकले माघ मसान्तसम्मको वित्तीय रिपोर्ट सार्वजनिक गर्दै ढुकुटीमा कुल १३ खर्ब ८३ अर्ब ३३ करोड रुपैयाँ सञ्चिति रहेको जनाएको हो । 
जुन गत असार मसान्तको भन्दा १३.८ प्रतिशतले बढी हो । गत असार, २०७९ मा यस्तो विदेशी मुद्राको सञ्चिति १२ खर्ब १५ अर्ब ८० करोड बराबर रहेको थियो । कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०७९ असार मसान्तमा १० खर्ब ५६ अर्ब ३९ करोड रुपैयाँ रहेकोमा २०७९ माघ मसान्तमा १६.२ प्रतिशतले वृद्धि भई १२ खर्ब २८ अर्ब ५ करोड रुपैयाँ  पुगेको छ । 

यस्तै, बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०७९ असार मसान्तमा  १५९ अर्ब ४१ करोड रुपैयाँ रहेकोमा २०७९ माघ मसान्तमा २.६ प्रतिशतले कमी आई १ अर्ब  ५५ अर्ब २८ करोड रुपैयाँ  कायम भएको छ । २०७९ माघ मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २२.४ प्रतिशत रहेको छ ।

आर्थिक वर्ष २०७९र८० को सात महिनाको आयातलाई आधार मान्दा बैङ्किङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चितिले १०.८ महिनाको वस्तु आयात र ९.४ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिएको केन्द्रीय बैंकले जनाएको छ ।