आधार दरमा बढीमा ५% सम्ममात्र प्रिमियम लिन पाइने व्यवस्था, बचतको ब्याजदर पनि घट्यो

आधार दरमा बढीमा ५% सम्ममात्र प्रिमियम लिन पाइने व्यवस्था, बचतको ब्याजदर पनि घट्यो


बैंकिङ्ग समाचार, काठमाडौं ।

वाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघले आधार दरमा बढीमा ५% सम्ममात्र प्रिमियम लिन पाइने व्यवस्था गरेको छ । संघको आज बिहीबार बसेको बैठकले अब बैंकहरुले आधार दरमा बढीमा ५% सम्ममात्र प्रिमियम लिन पाइने व्यवस्था गरेको छ । यसअघि बैंकहरुले आधार दरमा ६% सम्म प्रिमियम लिंदै आएका थिए । साथै, संघले साधारण बचतमा न्यूनतम ६% देखि अधिकतम ८%सम्म ब्याज दिने निर्णय पनि गरेको छ ।

बिहीबार बसेको संघको बैठकले चैत १ गतेदेखि लागू हुने गरी साधारण बचतको ब्याजदर ०.४२% र कर्जाको प्रिमियमदर बढीमा ५% सम्ममात्र लिन पाइने निर्णय गरेको  छ  । 

संघको निर्यायअनुसार चैत १ गतेदेखि वाणिज्य बैंकहरुले साधारण बचतमा न्यूनतम ६% देखि अधिकतम ८%सम्म ब्याज दिने छन् । यसअघिसम्म संघले साधारण बचतमा न्यूनतम ६.४२% देखि अधिकतम ८.४२% सम्म ब्याजदर दिने सहमति वाणिज्य बैंकहरुले गरेका थिए । व्यक्तिगत मुद्दति निक्षेपको ब्याजदर भने थपघट नगर्ने निर्णय संघले गरेको छ ।