सर्लाहीमा डिजिटल साक्षरता कार्यक्रम सम्पन्न 

सर्लाहीमा डिजिटल साक्षरता कार्यक्रम सम्पन्न 


ज्ञानु श्रेष्ठ, काठमाडौं । 
 सर्लाहीको अर्किड उच्च माध्यमिक विद्यालयमा शुक्रबार एक दिने डिजिटल साक्षरता कार्यक्रम सम्पन्न गरिएको छ । बैंकिङ्ग शिक्षा र कामना सेवा विकास बैंकको संयुक्त आयोजनामा उक्त कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा १० देखि १२ कक्षासम्मका विद्यार्थीहरुको सहभागिता रहेको थियो । 

\"\"

कार्यक्रममा नेपाल राष्ट्र बैंक जनकपुर प्रदेश कार्यालय शाखाका सहायक निर्देशक श्याम बहादुर बुढा, सर्लाही  हरिवनका प्रहरी निरीक्षक शिवराम थापा,बैंकिङ्ग शिक्षाका संयोजक राजु ढुङ्गेल, कामना सेवा विकास बैंक वीरगन्ज कलस्टरका प्रमुख विष्णु अधिकारी, कामना सेवा विकास बैंक सर्लाही हरिवनका शाखा प्रबन्धक बाँस बहादुर खड्का, त्यसैगरी अर्किड उच्च माध्यमिक विद्यालयका प्रिन्सिपल पशुपति दाहाल साथै अन्य शिक्षक तथा शिक्षिका लगायत २५० भन्दा बढी विद्यार्थीहरूको बाक्लो उपस्थिति रहेको थियो ।

\"\"

अर्किड उच्च माध्यमिक विद्यालयका प्रिन्सिपल पशुपति दाहालले कार्यक्रममा बोल्दै कार्यक्रम विद्यार्थी वर्गका लागि अति उपयुक्त लागेको बताए । बचत गर्ने बानी र आएको पैसालाई सहि तरिकाले प्रयोग गर्न डिजिटल साक्षरता कार्यक्रमले विद्यार्थी हरूलाई हौसला प्रदान गरको उनको भनाई थियो ।  डिजिटल साक्षरताको बारेमा शिक्षक र  विद्यार्थीहरु माझमा निकै महत्वपूर्ण र अत्ति आवश्यक रहेको बताउदै विद्यार्थीरुलाई यस्तो शिक्षाले भविष्यमा निकै फाइदा हुने उनको बुझाई छ । उक्त विषयलाई बैकल्पिक विषयका रुपमा पठन पाठन गराउनु पर्ने माग समेत व्यक्त गरेका थिए ।

\"\"

 
कामना सेवा विकास बैंकका सेवा सुविधा को बारेमा जानकारी दिदै डिजिटल साक्षरता कार्यक्रम विद्यार्थीहरूको माझका महत्पूर्ण रहेको  कामना सेवा विकास बैंक सर्लाही हरिवनका शाखा प्रबन्धक  बाँस बहादुर खड्काले वताएका थिए ।

\"\"

पछिल्लो समयमा बिभिन्न किसिमका फ्रडहरु , हाइपर फन्ड, क्रिप्टोकरेन्सी, डिजिटल करेन्सी कारोबार बढदै गहिरहेको कारण ठगी धेरैं नै भएको हुनाले डिजिटल साक्षरता कार्यक्रम आवश्यक रहेको नेपाल राष्ट्र बैंक जनकपुर प्रदेश कार्यालय शाखाका सहायक निर्देशक श्याम बहादुर बुढाले बताए । डिजीटल साक्षरताले विद्यार्थी, शिक्षक,र सम्पूर्ण सर्वसाधारणहरुलाई आवश्यक रहेको बताउँदै राष्ट्र बैंकको तर्फबाट सकेको सबै सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन् । 

\"\"

विद्यार्थीहरुबीच डिजिटल साक्षरता कार्यक्रम एकदमै देशै भरी, सकेसम्म धेरै भन्दा धेरै कलेजमा संचालन गर्नु र धेरै भन्दा धेरै उपयोगी र लाभदायी हुने बैंकिङ शिक्षा कार्यक्रमका संयोजक राजु ढुंगेलले बताए । र डिजिटल साक्षरता कार्यक्रमलाई अभियानको रुपमा देशभरी नै लैजाने प्रतिबद्धता समेत व्यक्त गरेका छन् । 

\"\"

तेस्तै सर्लाही हरिवनका इलाका प्रहरीका प्रहरी निरीक्षक शिवराम थापाका  अनुसार सबैभन्दा धेरै फेसबुक, टिकटक, म्यासेन्जर, ह्वाट्सएप, भाइबर, इमो जस्ता सामाजिक सञ्जाल, अनलाइन बैंकिङ्ग, अनलाइन सपिङ्ग, अनलाइन गेमिङ्ग, फेक इमेल, अनलाइन पेमेन्टलगायत माध्यमबाट ठगी भएको र यसबाट सचेत रहनु पर्ने समेत बताए । कार्यक्रमा डिजीटल शिक्षाको बारेमा ज्ञान भयो भने डिजीटल ठगी, बैकिङ्ग अपराध, आर्थिक अपराध जस्ता कार्यबाट विद्यार्थीहरु पनि सचेत रहेने थापाले बताए ।

कार्यक्रमबाट डिजीटल साक्षरता र बैंक तथा बित्तीय क्षेत्रको बारेमा  जानकारी लिन पाउँदा धेरै खुसी र धेरै कुरा सिकेको र आफुले सिकेको कुरा परिवार र साथीहरुलाई समेत जानकारी दिने कार्यक्रमका सहभागी  विद्यार्थीहरुले बताएका छन् ।   

\"\"\"\"\"\"\"\"\"\"\"\"\"\"\"\"\"\"\"\"\"\"\"\"\"\"\"\"\"\"\"\"\"\"\"\"\"\"\"\"\"\"\"\"\"\"\"\"\"\"\"\"\"\"\"\"\"\"\"\"\"\"\"\"\"\"\"\"\"\"\"\"\"\"\"\"\"\"\"\"\"\"\"\"\"\"\"\"\"\"\"\"\"\"\"\"\"\"\"\"\"\"\"\"\"\"\"\"\"\"