प्रभु इन्स्योरेन्स लिमिटेडको २७औं वार्षिक साधारण सभा सम्पन्न 

प्रभु इन्स्योरेन्स लिमिटेडको २७औं वार्षिक साधारण सभा सम्पन्न 


बैंकिङ्ग समाचार, काठमाडौं ।

प्रभु इन्स्योरेन्स लिमिटेडको २७औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

सभा कम्पनीको केन्द्रीय कार्यालय तीनकुने, काठमाडौं स्थित ‘प्रभु कम्प्लेक्स’ मा मंगलबार आयोजना गरिएको थियो । सभाले आर्थिक वर्ष २०७८र७९ को आर्थिक प्रतिवेदन पारित गर्नुका साथै कम्पनीले प्रस्ताव गरेको ६ दशमलव ७० प्रतिशत बोनस शेयर तथा बोनस शेयरमा लाग्ने करबापत शून्य दशमलव ३५ प्रतिशत नगद लाभांश पारित गरेको छ ।

सभामा वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै कम्पनीका अध्यक्ष कुसुम लामाले कम्पनीले व्यवसाय वृद्धिसँगै संस्थागत सुशासन, आन्तरिक नियन्त्रण प्रणाली सुदृढ गर्ने बताइन् ।

बीमा क्षेत्रमा देखिने जोखिम व्यवस्थापन तथा न्यूनीकरण गर्नेतर्फ विशेष ध्यान दिई कार्य अगाडि बढाइरहेको बताउँदै लामाले कम्पनीले सामाजिक उत्तरदायित्वअन्तर्गत समाजसँग प्रत्यक्ष जोडिएर काम गर्ने बताइन् ।

सभाले कम्पनीले भविष्यमा कुनै निर्जीवन बीमा कम्पनीसँग एक आपसमा गाभ्नेरगाभिने तथा प्राप्ति प्रयोजनको लागि आवश्यक सम्पूर्ण कार्यहरू गर्न सञ्चालक समितिलाई अख्यितारी दिने प्रस्ताव पनि पारित गरेको छ ।

साधारण सभा प्रयोजनको लागि फागुन १२ गते बुक क्लोज गरेको थियो । यस आधारमा फागुन ११ गतेसम्म कायम शेयरधनीमात्रै लाभांश पाउन योग्य छन् ।