एनएमबि बैंकले ऋणपत्र निष्कासन गर्न सेबोनबाट स्वीकृती पायो, ब्याजदर कति ?

एनएमबि बैंकले ऋणपत्र निष्कासन गर्न सेबोनबाट स्वीकृती पायो, ब्याजदर कति ?


बैंकिङ्ग समाचार काठमाडौं ।

एनएमबि बैंक लिमिटेडले  ऋणपत्र निष्कासन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्ड सेबोनबाट स्वीकृती पाएको छ ।

कम्पनीले ४ अर्ब रुपैँया बराबरको ४० लाख कित्ता ऋणपत्र निष्कासन गर्न सेबोनबाट फागुन १८ गते स्वीकृती पाएको हो । कुल कित्तामध्ये बैंकले १६ लाख कित्ता ऋणपत्र  सर्वसाधारणको लागि निष्कासन गर्नेछ भने बाँकी रहेको २४ लाख  रुपैँया कित्ता ऋणपत्र ब्याक्तिगत तबरबाट विक्री गर्नेछ ।

कम्पनीले आगामी ५ वर्ष सम्मको लागि बार्षिक ११ दशमलव २५ प्रतिशत ब्याजदरमा ऋणपत्र निष्कासन गर्न सेबोनबाट अनुमति पाएको हो । विक्री प्रबन्धक एनआईबिएल एस कयापिटल लिमिटेड रहेको छ ।