बैंकिङ्ग समाचार काठमाडौं ।
नेपाली बजारमा डलरको मूल्य मंगलवार घटेको छ । नेपाल राष्ट्र बैंकका अनुसार आज १ अमेरिकी डलरको खरीददर १३० रूपैयाँ ७६ पैसा छ भने विक्रीदर १३१ रूपैयाँ ३६ पैसा छ । अघिल्लो दिन १ अमेरिकी डलरको खरीददर १३० रूपैयाँ ८५ पैसा छ भने विक्रीदर १३१ रूपैयाँ ४५ पैसा कायम भएको थियो ।
आज युरो र पाउण्ड स्टर्लिङको भाउ पनि घटेको छ । आज प्रतियुरोको भाउ खरीददर १३९ रूपैयाँ ०८ पैसा र विक्रीदर १३९ रूपैयाँ ७१ पैसा कायम भएको छ । अघिल्लो दिन युरोको खरीददर १३९ रूपैयाँ १५ पैसा र विक्रीदर १३९ रूपैयाँ ७८ पैसा कारोबार भएको थियो ।
त्यसैगरि, आज १ पाउण्ड स्टर्लिङको खरीददर १५७ रूपैयाँ २५ पैसा र विक्रीदर १५७ रूपैयाँ ९७ पैसा कायम भएको छ । अघिल्लो दिन १ पाउण्ड स्टर्लिङको खरीददर १५७ रूपैयाँ ५६ पैसा र विक्रीदर १५८ रूपैयाँ २९ पैसा कायम भएको थियो ।
यस्तो छ विभिन्न बैकंको डलरको विनिमय दर
प्रतिक्रिया