धनुषामा डिजिटल साक्षरता कार्यक्रम सम्पन्न

धनुषामा डिजिटल साक्षरता कार्यक्रम सम्पन्न


ज्ञानु श्रेष्ठ, काठमाडौं ।

धनुषाको मोनाष्टिक उच्च माध्यमिक विद्यालयमा  बिहीबार एक दिने डिजिटल साक्षरता कार्यक्रम सम्पन्न गरिएको छ । बैंकिङ्ग शिक्षा र कामना सेवा विकास बैंकको संयुक्त आयोजनामा उक्त कार्यक्रम सम्पन्न भएको हो । 

\"\"

कार्यक्रममा नेपाल राष्ट्र बैंक जनकपुर प्रदेश कार्यालय शाखाका सहायक निर्देशक श्याम बहादुर बुढा, धनुषा जिल्लाको प्रहरी नायब उपरीक्षक वेद प्रसाद गौतम, बैंकिङ्ग शिक्षा कार्यक्रमका संयोजक राजु ढुङ्गेल , कामना सेवा विकास बैंक जनकपुर शाखाका शाखा प्रबन्धक इन्द्रजित झा , त्यस्तै मोनाष्टिक कलेजका प्रबन्ध निर्देशक डाक्टर शोनु शाह, अन्य शिक्षक तथा शिक्षिका लगायत ३७० भन्दा बढी विद्यार्थीहरूको बाक्लो उपस्थिति रहेको थियो । 

\"\"

 मोनाष्टिक कलेजका प्रबन्ध निर्देशक शनु शाहले कार्यक्रममा बोल्दै कार्यक्रम विद्यार्थी वर्गकालागि अति उपयुक्त लागेको  बताए  । फाइनान्सियल साक्षरता र डिजिटल साक्षरता अहिलेको बिद्यार्थीहारुको माग पनि रहेको र बिद्यार्थीहरुले जानी राख्नु पर्ने कुरा रहेको साथै उत्तरदायी भएर पैसालाई कसरी प्रयोग गर्नुपर्छ, कसरी पैसा कमाउन सकिन्छ, कसरी लगानी गर्न सकिन्छ भन्ने जस्ता ज्ञान जति सानोबाट पायो उत्तिनै राम्रो हुने उनको भनाई थियो । बैंकिङ्ग शिक्षा राम्रो हिसाबले दिइयो भने देश विकासमा पनि सहयोग पुग्ने उनको बुझाई छ ।

सुरक्षित भयर डिजिटल कारोवार गर्दै अगाडि बढ्नुपर्ने  कामना सेवा विकास बैंकका जनकपुर शाखाका शाखा प्रबन्धक इन्द्रजित झाले बताए । 
पछिल्लो समयमा बिभिन्न किसिमका  फ्रडहरु , हाइपर फन्ड, क्रिप्टोकरेन्सी, डिजिटल करेन्सी कारोबार बढदै गहिरहेको कारण ठगी धेरैं नै भएको हुनाले डिजिटल साक्षरता कार्यक्रम आवश्यक रहेको नेपाल राष्ट्र बैंक जनकपुर प्रदेश कार्यालय शाखाका सहायक निर्देशक श्याम बहादुर बुढाले बताए । 

\"\"
विद्यार्थीहरुबीच डिजिटल साक्षरता कार्यक्रम एकदमै देशै भरी, सकेसम्म धेरै भन्दा धेरै कलेजमा संचालन गर्नु र धेरै भन्दा धेरै उपयोगी र लाभदायी हुने बैंकिङ शिक्षा कार्यक्रमका संयोजक राजु ढुंगेलले बताए । र डिजिटल साक्षरता कार्यक्रमलाई अभियानको रुपमा देशभरी नै लैजाने प्रतिबद्धता समेत व्यक्त गरेका छन् । 

 \"\"
तेस्तै धनुषा जिल्लाका प्रहरीकार्यलयका प्रहरी नायब उपरीक्षक वेद प्रसाद गौतम अनुसार सबैभन्दा धेरै क्रिप्टोकरेन्सीको नाममा र ह्याकिङबाट ठगी भएको वताए। त्यस्तै, फेसबुक, टिकटक, म्यासेन्जर, ह्वाट्सएप, भाइबर, इमो जस्ता सामाजिक सञ्जाल, अनलाइन बैंकिङ्ग, अनलाइन सपिङ्ग, अनलाइन गेमिङ्ग, फेक इमेल, अनलाइन पेमेन्टलगायत माध्यमबाट ठगी भएको र यसबाट सचेत रहनु पर्ने समेत बताए  ।

\"\"

कार्यक्रमबाट बैंक तथा वित्तीय क्षेत्र र यसबारे साक्षर हुनुको आवश्यकताबारे जान्न पाउदा धेरै खुसी लागेको र आफुले जानेको कुराबारे परिवार र साथीहरुलाई समेत जानकारी दिने कार्यक्रमका सहभागी  विद्यार्थीहरुले बताएका छन् ।  

\"\"

 

\"\"\"\"\"\"\"\"\"\"\"\"\"\"\"\"\"\"\"\"\"\"\"\"\"\"\"\"\"\"\"\"\"\"\"\"\"\"\"\"\"\"\"\"\"\"\"\"