जाजरकोटमा लघुवित्तका कर्मचारीमाथि कालोमोसो

जाजरकोटमा लघुवित्तका कर्मचारीमाथि कालोमोसो


बैंकिङ्ग समाचार, काठमाडौं । जाजरकोटमा लघुवित्तका कर्मचारीलाई कालोमोसो दलिएको छ ।

बुधबार  जाजरकोटको भेरी नगरपालिकामा एनआईसी एशिया लघुवित्तका कर्मचारीमाथि कालोमासो दलिएको हो ।
मासिक किस्ता उठाउन गएका लघुवित्तका एकजना कर्मचारीमाथि दुई जना अज्ञात व्यक्तिले कालोमासो दलेको जाजरकोटका डीएसपी सन्तोष रोक्काले जानकारी दिएका छन् । कर्मचारीको साथमा रहेको रकमसहित झोला समेत अज्ञात समूहले लुटेर लगेको रोक्काले बताए ।

‘घटनाको अनुसन्धान सुरु गरिसकेका छौं । ५ जना नियन्त्रणमा लिएर सोधपुछ गरिरहेका छौं ।’रोक्काले भनेका छन्