बैंकिङ्ग समाचार, काठमाडौं ।
सिभिल बैंक छोडेका सुनिल पोखरेल विदेशी बैंकको प्रमुख कार्यकारी अधिकृत बन्ने भएका छन् । उनी पपुवा न्यूगिनीको दि टिचर सेभिङ्ग एण्ड लोन सोसाइटी ९टिसा० बैंक लिमिटेडको सीईओ बन्न लागेका हुन् ।
उनी ३ वर्षका लागि सो बैंकको सीईओ बन्न लागेको हो। उनी बुधबार मात्रै सिभिल बैंकको सीईओबाट बाहिरिएका हुन् ।
उनीसँग यसअघि पनि विदेशी बैंकमा काम गरेको अनुभव छ । उनले म्यानमारस्थित युनाइटेड अमरा बैंकमा पनि काम गरिसकेका छन् । त्यसपछि उनले म्यानमारकै एजीडी बैंकमा काम गरे । उनले करिब २० वर्ष तत्कालिन ग्रिण्डलेज (अहिलेको स्ट्यान्डर्ड चार्टर्ड) बैंकमा काम गरे । उनले एनआइसी एसिया बैंकमा पनि करिब ५ वर्ष काम गरे । नबिल बैंकमा पनि एक वर्ष काम गरेको उनीसँग अनुभव छ ।
प्रतिक्रिया