दसैंमा कसरी सञ्चालन हुन्छन् एटीएम ? सेवाग्राहीले कस्तो तयारी गर्ने ?

दसैंमा कसरी सञ्चालन हुन्छन् एटीएम ? सेवाग्राहीले कस्तो तयारी गर्ने ?


काठमाडौं – प्रायजसो चाडवाडमा हामीले एटिएम सेवा प्रयोग गर्दा एटिएम मेसिन बिग्रिएको पाउँने गरेका छौं । बैंक तथा वित्तीय संस्थाका अधिकांश कर्मचारी दसैंमा कसरी सञ्चालन हुन्छन् एटीएम ? सेवाग्राहीले कस्तो तयारी गर्ने ? मनाउने छुट्टिमा बस्दा बैंकहरुले एटिएममा देखिएका समस्या तत्काल समाधान गरेका हुँदैनन् । जसको मारमा भने सेवाग्राही पर्ने गरेका छन् ।

चाडवाडमा अधिकांशलाई पैसाको आवश्यकता हुने गर्दछ । पैसाको खाँचो परेको समयमा एटीएम बिग्रिदा मानिसहरूलाई पैसा पाउन निकै कठिनाइ हुन्छ । नेपालीहरुको महान् चाड दसैंको समयमा एटीएम मेसिन बिग्रिनु एक आम समस्या हो । चाडपर्वको समयमा मानिसहरूको भिड हुने हुँदा एटीएममा लामो लाइन लाग्ने, मानिसहरूले नगदमा बढी किनमेल गर्ने भएकाले एटीएमहरू चाँडै खाली हुने, एटीएमहरूको मर्मत र हेरचाहमा कमी आउँने गर्दा एटिएमको प्रयोग गर्न असहज हुने कतिपयको बुझाई छ ।

समस्या देखिए तत्काल समाधान गर्ने दाबी
एटीएममा समस्या देखिएमा बैंकले तत्काल समस्या समाधान गर्नुपर्ने हुन्छ । बैंकहरुको ग्राहकहरूको सन्तुष्टि र विश्वास कायम राख्नका लागि चाँडै समस्या समाधान गर्नुपर्ने हुन्छ । कुनैपनि बैंकको एटिएम बिग्रेको खण्डमा सेवाग्राहीले अर्को बैंकको एटिएम मेसिनबाट सेवा लिएको हुन्छ । कतिपय सेवाग्राहीले आफुलाई आवश्यक परेको समयमा सो बैंकको प्रविधि प्रयोग गर्न नपाएको आक्रोश बैंकमा पोख्दा बैंकको वित्तीय स्थिती नै पनि कमजोर बन्न जान्छ ।

कुनैपनि बैंकले आफ्ना सेवाग्राहीलाई सहजता प्रदान गर्न एटीएमहरूमा समस्या देखिएको केही समयमा नै मर्मत गर्नुपर्ने हुन्छ । बैंक तथा वित्तीय संस्थाहरुले यो पटकको दशैंमा भने सेवाग्राहीको आवश्यकतालाई मध्यनजर गर्दै उनीहरुको हितमा काम गर्ने बताउँदै आएका छन् । एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुदेश खालिङ चाडवाडको समय अथवा अन्य समय जुनसुकै समयमा पनि एटिएममा देखिएका समस्या समाधानका लागि भनि छुट्टै टिम नै बनाएर काम गर्दै आएको बताए ।

उनले अन्य बैंकको तुलनामा आफ्नो बैंकको एटीएम हरेक समय सुचारु नै हुँदै आएको उल्लेख गरे । ‘कुनैपनि बैंकको एटिएममा जाँदा कारोबार गर्न सक्नुभएन भने एभरेष्ट बैंकको एटीएममा जानुस् कसैले पनि धोका पाएर कारोबार नभएर रित्तै जानुपर्ने अवस्था आउँदैन,’ बैंकिङ्ग समाचारसँग खालिङ्गले भने, ‘ग्यारेन्टी भनेर नभने पनि अन्य बैंकको तुलनामा हाम्रो बैंकको एटीएमको अपटाइम निकै राम्रो छ म यो दावीका साथ भन्न सक्छु ।’

केन्द्रीय बैंक भन्छ, सेवाग्राहीले पूर्व तयारी गर्नुपर्छ
नेपाल राष्ट्र बैंकले चाडवाडको समयमा बढी नगदको आवश्यकता पर्ने हुँदा अग्रिम पैसा निकाल्नु पर्ने बताएको छ । केन्द्रीय बैंकले सो समयका लागि सेवा ग्राही आफै पनि सचेत भई पूर्व तयारी गर्नुपर्ने बताएको हो । केन्द्रीय बैंकले एटीएमको विकल्पका रुपमा मोबाइल बैंकिङ्ग र अनलाइन ट्रान्जेक्सनलाई लिएर सहजताका साथ काम गर्न पनि आग्रह गरेको छ ।

राष्ट्र बैंकका सहप्रवक्ता डिल्लीराम पोखरेल दसैंको समयमा पनि बैंकहरुले एटीएमहरुमा चार्ज गरिरहेको दावी गरे । उनले बैंकहरुले दशैमा पनि सर्भिस दिइरहेको बताउँदै दसैंको समयमा अधिकांश बैंकको शाखा बन्द हुँने हुँदा भने मर्मतमा केही समय लाग्न सक्ने बताउँछन् । उनले केन्द्रीय बैंकले बैंकहरुलाई सेवाग्राहीको आवश्यकताअनुरुप काम गर्न पनि आग्रह गर्दै आएको बताए । ‘दसैंको समयमा एटीएम नचल्ला कि भनेर केही मानिसहरुले त जोहो पनि गरेका हुन्छन् त्यसो गर्नु राम्रो हुन्छ’ उनले भने ।