काडमाडौं – हिमालयन लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोज कुमार लाल कर्ण जीवन र निर्जीवन दुवै बीमा क्षेत्रका विज्ञका रुपमा परिचित छन् । युनियन, प्राइम र गुराँस लाइफ मर्ज भएर बनेको हिमालयन लाइफको सीईओमा २०८० जेठ ५ गते कर्ण नियुक्त भएका हुन् । कर्ण विगत साढे २ दशकभन्दा बढी समयदेखि बीमा क्षेत्रमा सक्रिय छन् । एमबीए उपाधि हासिल गरेका कर्ण बीमा क्षेत्रमा सबल र सक्षम उच्च व्यवस्थापकका रुपमा पनि चिनिन्छन् ।
जीवन बीमा क्षेत्रको ‘बिग मर्जर’बाट बनेको हिमालयन लाइफको हाल चुक्ता पुँजी ८ अर्ब बढी छ । जीवन बीमा बजारमा कम्पनी विश्वसनीय, गुणस्तरीय, प्रविधिमैत्री र ग्राहकमैत्री बनाई आम नागरिकको भरोसायोग्य बनाउने अठोटसहित अघि बढेको सीईओ कर्णकाे भनाइ छ । पछिल्लो समय बीमा प्राधिकरणले बीमाको दायरा घटेको तथ्याङ्क निकालेसँगै गत आर्थिक वर्षमा बीमाको पहुँच विस्तार १.११ प्रतिशतले खुम्चिएको छ ।
यसमा मनोज कुमार लाल कर्ण यो आर्थिक वर्षको असार मसान्तसम्ममा बीमाको दायरा १५ प्रतिशतले बढ्ने दाबी गर्छन् । उनी भन्छन्, ‘यो वर्ष बीमाको दायरा बढाउन हामी लागि परेका छौ यो वर्ष बीमाको दायरा ५५ प्रतिशत पुग्छ ।’ आर्थिक वर्षको २ महिनामा नै कम्पनीहरूको व्यवसाय राम्रो भइरहेको कारण पनि अन्तिमसम्म राम्रो नतिजा आउन सक्ने उनको भनाइ छ ।
नागरिकहरूले पैसा सदुपयोग गर्ने विभिन्न माध्यमहरू हुँदा बीमा नै किन गर्ने भन्ने प्रश्नमा बैंकिङ्ग समाचार सँग कुरा गर्दै उनी भन्छन्, ‘सबै कामहरू महत्त्वपूर्ण छ बचत गर्ने, शेयर किन्ने, धन सम्पत्ति जोड्ने तर, बीमा गर्नु पनि त्यतिकै आवश्यक छ ।’ शेयर किन्दा, बैंकमा जम्मा गरेको पैसा त्यतिकै नै रहन्छ ।
बीमा किन गर्ने भन्ने कुरामा कारण दिदैं उनी भन्छन्, ‘शेयर र बैंकको आ–आफ्नै महत्त्व छ । र, बीमाको पनि आफ्नै महत्त्व छ । बीमाले भविष्यमा हुने क्षतिमा पनि सहज बनाइदिन्छ ।’ पाचँ हजार जम्मा गरेर बीस वर्षको पोलिसी किन्दा बीचमा केही समस्या पर्दा एक लाखको रिस्क कभर हुन्छ । त्यसैले पनि बीमा गर्न आवश्यक रहेको उनी बताउँछन् । ‘बीमा भएन भने आफ्नो र परिवारको आर्थिक सुरक्षा हुँदैन । यदि कसैले बीमा गरेको छैन र भोलि कुनै भवितव्य भएको खण्डमा त्यस मान्छे र उसको परिवार पुरै विचलित हुन्छ । बीमाले आत्मविश्वास बढाउँछ’, उनले भने ।
नेपालीहरूको महान् चाड दसैं आइरहेको अवसरमा सबै जनाले बीमा गर्न अनुरोध गर्दै उनी भन्छन्,‘सबै कर्मचारीहरूले पनि दशैं पेस्की पाएका हुन्छन् यही बेला बीमाको विषयलाई सोच्नुपर्छ ।’ दसैंको समयमा अनावश्यक खर्च भइरहेको हुन्छ यस्तो बेला हरेकले परिवारको सदस्यलाई बीमा उपहार गर्न आवश्यक रहेको उनको भनाई छ । परिवारमा एक अर्कालाई बीमा पोलिसी उपहार दिने प्रचलन गरियो भने भविष्य आर्थिक रुपमा सुरक्षित हुने उनको सुझाव छ ।
उनी सबै नागरिकलाई बीमाको दायरामा सलंग्न हुन् सुझाव दिँदै भन्छन्, ‘दशैंमा अनावश्यक खर्चहरु हुन्छ । त्यस्ता खर्चहरु जोगाएर बीमा गर्नुपर्छ । केही हदसम्म खर्च पनि गर्ने तर बीमा पनि गर्नुपर्छ ।’ दसैंको समयमा शहरबाट गाँउ जानेहरुको संख्या पनि धेरै हुन्छ । गाडीहरु गाँउ जानेको चाप पनि बढ्छ । यस्तो समयमा गाउँघर जानेहरू सबैले बीमा गरेर मात्र यात्रा गर्नुपर्छ । बीमा गर्दा सबै जनाको आइपर्ने सबै जोखिमहरूको रक्ष वरण हुने कर्ण बताउँछन् ।
‘बीमा छैन भने यात्रा नगरे पनि हुन्छ । बीमा गर्नुस त्यसपछि यात्रा गर्नुस् । बीमा छैन भने कुनै पनि यात्रा नगर्नुस्’, बीमा नगरी दुनियाँ घुमिरहेका हुन्छन्, ‘भोलि केही भइहाल्यो भने के गर्ने ? त्यसैले सबैको जीवनमा बीमा महत्त्वपूर्ण छ ।’
प्रतिक्रिया