‘कसैले पनि बैंकिङ सेवा पाएन भनेर गुनासो गर्ने अवस्था बनाउँदैनौं’

‘कसैले पनि बैंकिङ सेवा पाएन भनेर गुनासो गर्ने अवस्था बनाउँदैनौं’

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ समाचार ।
कोरोना महामारीको दोस्रो चरणमा हटस्पट बनेको लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा अहिले पनि निषेधाज्ञा जारी छ । यस्तो अवस्थामा बैंक तथा वित्तीय संस्थाले अत्यावश्यक सेवाहरु दिइरहेका छन् । बैंक तथा वित्तीय संस्थाहरुमा सिमित कर्मचारीहरु राखिएको छ । राष्ट्र बैंकले विभिन्न जिल्लाहरुमा आफैँले पनि मुद्राहरु पुर्‍याउने काम गरिरहेका छ । बैंक र वित्तीय संस्थाका सबै शाखाहरु नखुलेको पनि हुन सक्छन् ।

बैंकहरुले आफैँले पनि केन्द्रीय तहबाटै यो प्रदेशमा यो शाखाहरु खुल्ने, आज यो शाखा खुल्ने, यतिबजेसम्म खोलिन्छन् भनेर सूचनाहरु जारी गरिराखेका छन् । जसले गर्दा यो प्रदेशमा जति पनि शाखा कार्यालयहरु छन् । यहि अनुसार शाखाहरु सञ्चालन भइरहेको अवस्था छ ।
यहाँका बैंक तथा वित्तीय संस्थाका केहि कर्मचारीहरु कोरोना संक्रमित हुनुहुन्छ । कति निको भइसक्नुभएका छ । हरेक दिन थपघट भएको अवस्था छ । 

बन्दाबन्दीको प्रभावलाई हेर्दा अहिले निषेधाज्ञाकै अवस्था छौं । नियमित सेवाहरु पु¥याइ रहन असहज छ । ग्राहकहरु बैंकसम्म पुग्न नसक्ने, सबै कर्मचारीहरु बैंकसम्म पुग्न नसक्ने स्थिति पनि छ । सार्वजनिक सवारी साधन चलिरहेका छैनन् । कसैलाई अत्यावश्यक सेवाहरु चाहियो भने, रकम झिक्नुपर्‍यो, ट्रान्सफर गर्नुप¥यो भने बैंकसम्म आउनु हुन्छ । यथपी बैंकिङ सेवा नै प्राप्त हुन सकेन अथवा यो बैंक नखुलेर यो समस्या पर्‍यो भनेर गुनासो आएको छैन । सबै ठाउँमा सबै सुविधा नभए पनि बैंकिङ सेवा कसैको रोकिएको छैन । कसैलाई पनि बैंकिङ सेवा भएन भनेर गुनासो गर्नुपर्ने अबस्था रहँदैन । हामी कसैका समस्या छन् भने समाधान गर्न हरप्रयत्न रहने छौं । हामीले पहिलो लहरपनि सहज रुपमै पार गरेका थियौं ।

नेपाल सरकारका मौद्रिक नीतिमा, बजेटमा पनि सबै किसिमका राहतका कार्यक्रमहरु, पुर्नरुत्थानका कार्यक्रमहरु ल्याइरहेको छ । यो दोस्रो लहरको प्रभाव नपर्ने भन्ने होइन । अहिले दुई तीन हप्तादेखि व्यापार, व्यवसाय, उद्योग कलकारखानाहरु उत्पादन क्षेत्रलाई पनि प्रभाव पारिरहेको छ । कतिपय ठाउँमा स्वास्थ्य सामग्रीको पनि अभाव हुन सक्छ । यसलाई फेरि नर्मल अवस्थामा निकट भविश्यमा सुचारु हुनेछ ।