१७ बैंकको सिसिडि रेशियो ८० प्रतिशतभन्दा तल

१७ बैंकको सिसिडि रेशियो ८० प्रतिशतभन्दा तल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ समाचार ।

बैंकहरुको कर्जा लगानी बढ्न थालेसँगै कर्जा स्रोत परिचालन अनुपात (सिसिडि) पनि ७८ प्रतिशतभन्दा माथि पुगेको छ।

गत आर्थिक वर्षको अन्त्यसम्ममा औषतमा ७० प्रतिशत रहेको बैंकहरुको सिसिडि रेशियो तेस्रो त्रैमाससम्म आइपुग्दा ७८ प्रतिशत माथि पुगेको हो। चैत मशान्तसम्ममा बैंकहरुको सिसिडि रेशियो औषतमा ७८.३५ प्रतिशत कायम भएको छ।

आर्थिक गतिविधि चलायमान भएसँगै बैंकहरुले आक्रामक रुपमा कर्जा लगानी गर्दा सिसिडि रेशियो माथि पुगेको हो। तर पछिल्लो समय कोरोनाको दोस्रो लहर सुरु भएसँगै बैंकहरुको कर्जा लगानीमा कमी आएको छ, जसले गर्दा पछिल्लाे समय पुनः सिसिडि रेशियो केही घट्न थालेको देखिएको छ। पछिल्लाे केही दिन याे रेशियो केही घटेको केन्द्रिय बैंकको तथ्याङ्कले देखाउँछ।

केन्द्रीय बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति मार्फत सिसिडि रेसियो ८५ प्रतिशतसम्म कायम गर्न पाउने व्यवस्था गरेको छ। गत वर्षसम्म ८० प्रतिशत भन्दा कम सिसिडि कायम गर्नुपर्ने व्यवस्था थियो। गत वर्षहरुमा बैंकहरूको सिसिडी रेसियो केन्द्रीय बैंकले तोकेको सीमा नजिक हुने गरेको थियो। तर अझै पनि धेरै बैंकको सिसिडी रेसियो केन्द्रीय बैंकको सीमा भन्दा निकै तल रहेको छ। केही बैंकको भने केन्द्रिय बैंकको सीमा नजिक पुगेको छ।

तथ्याङ्क अनुसार चैत मशान्तसम्ममा १७ वटा बैंकको सिसिडि रेशियो ८० प्रतिशतभन्दा तल रहेको छ। जसमा राष्ट्रिय वाणिज्य बैंकको सबैभन्दा कम ६८ प्रतिशत रहेको छ।

यता एनआइसी एशिया बैंकको सिसिडी रेशियो भने केन्द्रिय बैंककले तोकेको सिमा नजिक पुगेको छ। चैत मशान्तसम्ममा उसको सिसिडि रेशियो ८४ प्रतिशत पुगेको हो। त्यस्तै मेगा बैंकको ८३ प्रतिशत, सानिमा बैंक र प्राइम कमर्शियल बैंकको ८२ प्रतिशत कायम भएको छ।

लकडाउनले गर्दा अहिले कुनै कुनै बैंकको कर्जा लगानी बढेपनि अधिकाँश बैंकको कर्जा लगानी बढ्न नसकेको बैंकर्स एशोशियसनका अध्यक्ष भुवन दाहाल बताउँछन्। काठमाण्डौ लगायत धेरै जिल्लाहरुमा निशेधाज्ञा जारी भएको छ। यसले गर्दा खासै कर्जाको माग नआउने उनी बताउँछन्।

चालु आथिक वर्षमा कोरोना संक्रमण कम भएसँगै बैंकहरुको कर्जाको बृद्धिदर गत वर्षहरुको भन्दा निकै धेरै देखिएको थियो। तर पुनः कोरोनाको दोस्रो लहर सुरु हुँदा कर्जा लगानी घट्दै जाने देखिन्छ।

\"\"