बैंकिङ्ग समाचार, काठमाडौं ।
देशकै नम्बर वान विकास बैंकको रुपमा परिचित मुक्तिनाथ विकास बैंक यतीबेला एक ब्रान्ड बनेको छ । जनतासामु बिविध बैंकिङ्ग सेवा सुविधा पुर्याउँदै मुक्तिनाथ विकास बैंक अन्य बैंकभन्दा अलिक फरक र अब्बल छ । मुक्तिनाथ नेपालको इतिहासमै सानो पुँजीमा बैंक खोलेर १० वर्षमै यतिधेरै अनुपातमा पुँजी वृद्धि, व्यापार वृद्धि गर्ने एक नम्बरको बैंक हो ।
धेरैजसो बैंकहरुलाई ब्रान्डीङ्गमा अफ्ठ्यारो हुने गर्दछ । कसलाई टार्गेट गर्ने, नयाँ–नयाँ योजना र कार्यक्रम कसरी जनतासामु पुर्याउने भन्ने विषयमा अझै पनि नेपली बैंकहरु धुर्मुराउँछन् । यस्तो अवस्थामा आफुहरुले डिजिटल प्रविधि, एसएमएस, सामाजिक सञ्जाल लगायतमार्फत उल्लेखीय प्रचार गरेको मुक्तिनाथ विकास बैंकमा बजारीकरण तथा कर्पोरेट मामिला विभाग प्रमुखको रुपमा कार्यरत बसन्त बक्सी बताउँछन् । उनी भन्छन्, ‘वृद्धाश्रममा खाद्यान्न तथा लत्ताकपडा वितरण, इन्टरनेट जडान गर्न तथा कम्प्युटर खरिद गर्न आर्थिक सहयोग, विभिन्न ठाउँमा डस्बिन वितरण, एम्बुलेन्स मर्मतसम्भार खर्च, पिउने पानी शुद्धीकरण मेसिन हस्तान्तरण, गौशाला संरक्षणका लागि आर्थिक सहयोग लगायतका काम मुक्तिनाथ विकास बैंकले गरेको छ । काठमाण्डौ महानगरपालिका वडा नं. १ महानगरीय प्रहरी वृत्त (सामुदायिक शाखा) कमलपोखरी अगाडिको सडक पेटीबाहेकको खालीचौरमा वातावरणमैत्री हरित बगैँचा निर्माणमा सहयोग गरेको जानकारी गराउँदै उनले मुक्तीनाथले यस्तोमा अझै लागिपर्ने उनले सुनाए ।
नेपालमा सबैभन्दा बढी वित्तीय साक्षरतामा काम गर्ने संस्था भएको उनको दाबी छ । ‘अरु सबै बैंकले गरेको र हामीले गरेको तुलना गर्ने हो भने हामीले गरेको धेरै छ जस्तो लाग्छ,’ उनले भने । बैंकका ५० प्रतिशत शाखा ग्रामिण क्षेत्रमा छन । अझै आवश्यक अनुसार शाखा थप गर्ने पक्रियामा पनि आफुहरु लागेको उनले बताए । कोरोनापछिको लकडाउनका कारण आम ग्राहकहरु बैंकमा उपस्थित हुन नसकस्ने आवस्था भयो । उनीहरुले कारोबार घरबाटै गर्नुपर्ने भएपछि डिजिटल कारोबार केही हदसम्म बढेको पाइएको छ । कोरोना महामारी र त्यसपछिको लकडाउनलाई सम्झँदै उनले भने, ‘कोरोनाको महामारीको विषम परिस्थितिमा डिजिटल बैंकिङ्ग प्रणालीलाई प्रोत्साहन गर्न भिसा कन्ट्याक्टलेस डेबिट कार्ड सञ्चालनमा ल्यायो । भिसा कन्ट्याक्टलेस डेबिट कार्ड नियर फिल्ड कम्युनिकेसन (एनएफसी) मा आधारित प्रविधि हो। यसबाट ग्राहकले आफ्नो कार्डलाई मेसिनमा प्रत्यक्ष स्पर्श नगरी (नछोई) सरल तरिकाले पीओएस टरमिनलमा ग्राहकले खरिद गरेका सामग्रीको बिल भुक्तानी गर्न सक्नेछन्। नेपाल राष्ट्र बैंकको नियमअनुसार नै रु। २ हजारसम्मको भुक्तानीलाई बिनापिन कन्ट्याक्टलेस कार्डमार्फत पीओएस टरमिनलमार्फत भुक्तानी गर्न सकिनेछ ।’ ४२ जिल्लामा १३८ वटा शाखाहरु मार्फत ग्राहकका आवश्यकता बमोजिमका सबै प्रकारका बचत, निक्षेप तथा कर्जा सेवाहरु प्रदान गर्दै आई रहेका मुक्तीनाथले प्रविधिमा आधारित रही मोबार्ईल बैंकिङ्ग, क्यूआर पेमेन्ट, एटिएम, अनलाईन बैंकिङ्ग लगायतका सेवाहरु पनि प्रदान गर्दै आएको उनले बताए ।
डिजिटल कारोबारबाट मानिसलाई काम गर्न धेरै सजिलो भएको छ । समयको बचत भएको छ । नगद बोकेर हिड्नु पर्ने समस्या हुँदैन भने चोरी हुने सम्भावना पनि कम हुन्छ । डिजिटल बैंकिङको माध्यमबाट सिनेमाको टिकट खरिद गर्न, सवारी साधनमा इन्धन भर्न, ठूला सपिङ्गमलदेखि साना खुद्रापसल, ट्याक्सी, रेस्टुराँको बिल, विजुलीको बिल तिर्ने लगायतको पैसा तिर्न सकिन्छ ।
‘केही महिना अगाडि मुक्तिनाथ विकास बैंक डिजिटल बैंकिगमा टपमा परेको थियो । यसको प्रोत्सानमा अन्य बैंकहरु पनि उत्तिकै लागेका छन । यो निकै नै राम्रो कुरा हो । डिजिटल इकोनोमीमा हामीले धेरै कुराहरु गर्न अझै बाँकी छ ।’ उनले भने, ‘यसलाई बढाउन हामीले जति प्रोत्साहन गर्यौं, यसमा लाग्ने जुन खर्च छ, सामान्यतया डिजिटल अर्थतन्त्रको कुरा गर्दा यो आईटीसँग सम्बन्धित भएको हुनाले आईटी भनेको क्यापिटल इन्टेन्सिभ प्रोजेक्ट हो । त्यसमा खर्च घटाउन सक्यौं भने यसले राम्रो गर्न सक्छ ।’ यद्यपी नेपाली बैंकहरुले डिजिटल प्रणलीमा कति हदसम्म खर्च गर्ने भन्ने यकीन अझैसम्म नभईसकेको उनले बताए । उनले भने, ‘अहिले यो प्रणलीको प्रचारमा यती नै खर्च गर्नुपर्ने भन्ने एकीन भइसकेको छैन । तर मुक्तीनाथले ग्रामीण भेगका जनताहरुलाई यससम्बन्धी ज्ञान बाँड्न भने पछाडी हटेको छैन । हामी लागेकै छौँ । सिएसआर (संस्थागत सामाजिक उत्तरदायित्व ) अन्तर्गको रकम पनि हामीले नियमनकारी निकायकै निर्देशनमा खर्च गरेका छौँ ।’
सरकारले डिजिटल कारोबारलाई प्रोत्साहन गर्ने नीति लिएपछि यस्तो कारोबार बढ्दै गएको देखिन्छ । मुक्तिनाथ विकास बैंकले पनि यसको प्रोत्साहनको लागि आवश्यकता अनुसार ब्रान्डीङ्ग गरेको बक्सी बताउँछन । उनी भन्छन् ‘सरकारको नीतिसँगै नेपाल राष्ट्र बैंकले वित्तीय पहुँच विस्तार गर्न विद्युतीय भुक्तानी प्रणालीको विकासलाई प्राथमिकता दिँदै आक्रामक रुपमा अगाडि बढेको देखिन्छ । राष्ट्र बैंकको नीति अनुसार डिजिटल कारोबारमा तिब्रता आएको छ भने भुक्तानी सेवा प्रदायक कम्पनीहरु पनि विभिन्न योजनासहित आक्रामक ढंगले सेवा विस्तार गरिरहेका छन् ।’
यतीबेला नेपालका बैंकहरुले डिजिटल कारोबारलाई उच्च प्राथमिकता दिएका छन । तर यही कारोबारको प्रयोग पनि एकदमै न्यून छ । सीमित सपिङ मल तथा रेस्टुराँमा पीओएस मेसिन सुरुआत भए पनि थुप्रै समस्याका कारण ग्राहक अझै त्यसमा तयार देखिँदैनन । कहिल्यै तिर्नै नमिल्ने अर्को बैंकको मेसिनमा ‘रिड’ नै नगर्ने, पैसा काट्ने तर बिलिङ नदेखाउ नेलगायतका प्राक्टीकल समस्याहरु पनि उतीकै छन् । यस्ता किसिमका समस्याहरुले पनि प्रयोगकर्ता ढुक्क हुन सकिरहेका छैनन । डिजिटल कारोबार बढिरहेको भए पनि अधिकांश क्षेत्रमा यसको पहुँच पुग्न सकेको छैन । मुलुकका कुना–कुनामा इन्टरनेटको पहुँच छैन । त्यस्ता स्थानका मानिसहरुले चाहेर पनि डिजिटल कारोबार गर्न सकिरहेका छैनन । त्यसका साथै कतिपय स्थानमा इन्टरनेटको सुविधा भए पनि प्रयोग गर्ने आवश्यक वित्तिय ज्ञानको कमीका कारण डिजिटल कारोबार गर्न सकिरहेका छैनन । मोबाइल डाटाबाट महँगो पर्ने भएकाले इन्टरनेट चलाउन सक्ने अवस्था नभएको बक्सी बताउँछन् । उनी भन्छन ‘केही संरचनागत सुधारको आवश्यकता छ ।’
यस्तै बैंकको प्रचार र डिजिटल प्रोत्सानको विषयमा पनि नियमनकारी निकाय राष्ट्र बैंकले आवश्यक सहयोग र सहकार्य गरेको उनको भनाई छ ।
प्रतिक्रिया